दाम्पत्य सुखको रहस्यः मनका कुरा मुखमा ल्याऊ, डा. जगदिशलाल बैद्य/रेहना बैद्य
एउटा मान्छेको साथले जीवनमा कति फरक पार्छ ? यो प्रश्न डा. जगदीशलाल बैद्यलाई सोध्ने हो भने उहाँसँग जवाफको अथाह भण्डार नै छ । आखिर जीवन जिउने आधारनै माया त रहेछ, अरु त केबल भ्रम मात्रै होला । त्यसमा पनि दाम्पत्य मायाले जीवनलाई कहाँबाट कहाँ पु¥याइदिन्छ । कतिपय यस्ता दम्पत्ति पनि भेटिन्छन्, एउटाको माया अर्कोको लागि जीवन जिउने आधार बन्छ । वरिष्ठ युरो सर्जन डा. जगदिशलाल बैद्यको दाम्पत्य जीवन पनि यस्तै यस्तै मायाको सँगालो हो । उहाँ बी एण्ड बी हस्पिटलको प्रबन्ध निर्देशक हुनुहुन्छ । हजारौं बिरामीको मुत्र प्रणालीको शल्यक्रिया गरिसक्नुभएको छ डा. वैद्यले । उहाँसँग भएको सम्पत्ति मात्र ठूलो होइन, उहाँले देश विदेशमा कमाउनुभएको लोकप्रीयता महत्वपूर्ण छ । यो भन्दा ठूलो उहाँको दाम्पत्य जीवन चाहिँ कस्तो छ त ?
भाग्यमानी पति
मानिसलाई धन दौलतले मात्र सुख मिल्दैन । दाम्पत्य जीवन सुखमय नभएमा जीवनमा सफलता पनि हाँसिल गर्न सकिदैन । वैद्य आफूलाई भाग्यमानी ठान्नुहुन्छ किनभने आज उहाँको दाम्पत्य जीवन सुखमय र खुशी छ । ‘मैले करियरमा पाएको सफलताको राज त्यही सुखीमय दाम्पत्य जीवनको परिणाम हो । म अहिले ७१ वर्ष भएँ, मेरी जीवन संगिनी रेहना वैद्य ६३ वर्ष पुगिन् । हामीले भर्खरै ४२ औं म्यारिज एनिभर्सरी साउथ अफ्रिकामा पनि मनायौं ।’ उहाँले सुनाउनुभयो ।
कठोर प्रेम तपस्या
रेहना काठमाडौं निवासी तर बैद्य पोखराको । उहाँहरु बीचको चिनजान विद्यालय अध्ययन गर्दा भएको हो । त्यो बेला डा. बैद्य ९ कक्षामा पोखरामा पढ्नुहुन्थ्यो । तर रेहना ८ कक्षामा काठमाडौंमा अध्ययन गर्नुहुन्थ्यो । सन् १९६० तिर पुस माघ महिनाको जाडोको छुट्टी मा रेहना बाजेसँगै प्लेनबाट पोखरा पुग्नुभएको थियो । उहाँको बाजे पोखरामा घरेलुको हाकिम हुनुहुन्थ्यो । उहाँहरु डा. बैद्यको घर भएको मोरिया टोलमा डेरा लिएर बस्नुभएको थियो । त्यो बेला डा. बैद्य १७ वर्ष र रेहना १२ वर्षकी हुनुहुन्थ्यो रे । आखिर प्रेमका लागि उमेरको हदबन्दी हुँदो रहेनछ । ‘एक दिन रेहनालाई देखेँ । उनीप्रति आकर्षित भएँ । त्यो बेला म निकै राम्रो र रातोपिरो थिएँ । रेहनालाई पनि म मन परेछ । हामी दुवैबीच एकअर्काबीच आकर्षण बढ्दै गयो ।’ ती दिन सम्झिदै उहाँ बिगततिर फर्किनुभयो ।
त्यो बेलामा लभ भन्ने थाहा थिएन । तर स्कूल सकेर फर्किदा रेहना आफ्नै डेराको झ्यालमा बसेर उहाँलाई नियाल्नु हुँदो रहेछ । उहाँ पनि रेहनालाई देख्न पाइन्छ कि भन्दै हिड्नुहुन्थ्यो । स्कूल सकिनासाथ रेहनाको डेरा अगाडि दोकान (पसल) मा सुन्तला खाने बहानाले पुग्नुहुन्थ्यो । ‘मेरो पनि सुन्तला खाने निहु मात्र हो तर बहाना त रेहनाप्रतिको आकर्षण नै थियो । रेहनालाई हेर्न गएको थिएँ म’ रोमान्चित हुँदै ती दिन सम्झिनुहुन्छ डा. बैद्य ।
प्रेममा सम्पत्तिको तगारो
समयक्रममा रेहनाको बाजेसँग पनि चिनजान भयो । पछि मिनपचासको छुट्टी सकेर रेहना काठमाडौं फर्किए पछि उहाँहरुको मायाप्रेमको चिठ्ठी आदान प्रदान हुनथाल्यो । स्कूलको अध्ययन सकेपछि उहाँ आईएस्सी पढ्न काठमाडौं आउनुभयो । यसबीचमा उहाँ र रेहनाबीच बेला बेलामा भेट हुन्थ्यो । तर काठमाडौंका केही संकुचित व्यक्तिले उहाँको सम्पत्तिका बारेमा प्रश्न उठाउँदै रेहनासँग विहे गर्ने सपनामा तगारो हाल्दिए । उहाँहरु ७ जना दाजुभाइ, काठमाडौंमा घर थिएन । यस्तो व्यक्तिलाई एक्ली छोरी नदिन भन्ने कुरा चल्न थाल्यो ।’ उहाँको होस्टेल र रेहनाको कलेज नजिकै भएकाले भेटघाट गाढा बन्दै गयो ।
कापीभित्र प्रेमपत्र
त्यो बेला पनि आईएस्सी बीएस्सी पढेकालाई छोरी नदिने कुरा गर्न थाले । पछि उहाँ एमबीबीएस अध्यन गर्न अम्रिसर जानुभयो । त्यो बेला पनि चिठी पत्र आदान प्रदान भइरहन्थ्यो । अमृत साइन्स कलेजमा पढाउने एकजना उहाँका साथी जगतबहादुर केसीले कापीमा जगदिशको चिठी राखेर कक्षामा दिने गर्दथे । मलाई डाक्टर श्रीमती मन पर्दैन । त्यसैले उनले मेरा लागि डाक्टर अध्ययनका लागि रसियामा पाएको सिट पनि त्यागिन् । मेरा बुबाआमालगायत सम्पूर्ण घर परिवारको ख्याल राखिन् । मेरो आफ्नो करियर र जिम्मेवारीपूर्ण डाक्टरी पेशालाई सम्मान गरिरहिन् । सिक्ने र काम गरेर देखाउने मौका पाउनमा रेहनाको ठूलो हात छ । पूर्व मेचीदेखि पश्चिम महाकालीका बिरामीहरु मेरो विश्वास गरेर अहिले पनि उपचारका लागि आउने गर्छन् ।
डाक्टर भएपछि छोरी दिए
सन् १९७२ मा एमबीबीएस अध्ययन सकेर उहाँ नेपाल फर्किनुभयो । २१ वर्षको उमेरमा रेहनाले पनि एमएस्सी पास गर्नुभयो । त्यो बेला रेहना एमएस्सीको गोल्ड मेडलिष्ट पनि हुनुभयो । त्यसपछि रेहनाले त्रिचन्द्र कलेजमा लेक्चररको जागिर खान थाल्नुभयो भने जगदिश डाक्टर भएर सान्त भवनमा काम गर्न थालेपछि मात्र रेहनाको परिवारले छोरी दिने निधो गरे । ३० नोभेरम्बर १९७२ मा उहाँहरुको बिवाह भयो । विवाह हुँदा रेहना २२ र जगदिश २८ वर्षको हुनुहुन्थ्यो । त्यो बेला सम्म उहाँहरुको घर काठमाडौंमा थिएन । भूतपूर्व सैनिक संगठनमा एउटा कोठा भाडामा लिएर विवाह गर्नुभयो ।
विवाहपछिको जीन्दगी
अहिले २ वटा छोरा दुवै जना डाक्टर छन् । विवाह भएको चार महिनामा बेलायत जाने अवसर आउँदा उहासँग पैसा थिएन । विवाहको बेला मुख हेर्दा रेहनाले पाएको ५ सय रुपियाँबाट ५० डलर साटेर अध्ययनका लागि उहाँ बेलायत जानुभयो । उहाँ गएको पाँच महिनापछि जेठो छोरा निरज जन्मिए । छोराको मुख चार महिनापछि मात्र हेर्न पाउनुभयो । त्यो बेला उहाँको तलब ६० पाउण्ड थियो । एकतर्फी टिकट पठाएपछि रेहना पनि बच्चा लिएर बेलायत पुग्नुभयो । उहाँहरु १० वर्ष बेलायत बस्नुभयो । सन् १९८२ मा नेपाल फर्किदा कान्छो छोरा सरोज बेलायतमा जन्मिसकेका थिए ।
सहनशील रेहना
ती दिन सम्झिदै उहाँ भन्नुहुन्छ(मलाई डाक्टर श्रीमती मन पर्दैन । त्यसैले उनले मेरा लागि डाक्टर अध्ययनका लागि रसियामा पाएको सिट पनि त्यागिन् । मेरा बुबाआमालगायत सम्पूर्ण घर परिवारको ख्याल राखिन् । मेरो आफ्नो करियर र जिम्मेवारीपूर्ण डाक्टरी पेशालाई सम्मान गरिरहिन् । सिक्ने र काम गरेर देखाउने मौका पाउनमा रेहनाको ठूलो हात छ । पूर्व मेचीदेखि पश्चिम महाकालीका बिरामीहरु मेरो विश्वास गरेर अहिले पनि उपचारका लागि आउने गर्छन् ।
प्रगतिमा श्रीमतीको हात
डा. वैद्य भन्नुहुन्छ(श्रीमानको प्रगतिमा श्रीमतीको हात एकदमै रहन्छ । बेलायतमा बस्दा रेहनाले पिएचडी गर्छु भनेको भए मैले चाँडै एफआरसिएन गर्न सक्दैनथेँ । नेपालमा उनले पनि काम गरेर परिवारलाई आर्थिक सहयोग गरिरहिन् । यसले मलाई निकै राहत मिल्थ्यो ।
श्रीमतीको गुण
रेहनालाई परिवारका सबैले लक्ष्मी भन्ने गर्थे । उनलाई बिवाह गरेपछि मेरो राम्रो प्रगति भएको हो । बच्चालाई समय दिन सक्दैन थेँ । उनले नै बच्चाको हेरचाह गरिन । म शनिबार पनि काम गर्दथेँ । म माथि विश्वास र भरोसा थियो । एक दिनमा २५ जनाको सम्म शल्यक्रिया गर्दथेँ ।
श्रीमतीका कमजोरी
उनको अवगुण धेरै छैन । मान्छे राम्री छ । तर उचाइ अलि कम छ । त्यसैले अलि अग्ली भइदिए हुन्थ्यो जस्तो लाग्छ (हाँस्दै । अहिले म कुक राख्न सक्ने अवस्थामा छु । काम गर्ने मान्छेहरु धेरै छन् । घरमा गार्ड मात्र ६ जना छन् । ड्राइभरहरु छन् । सबैलाई यही बस्ने व्यवस्था छ । तर मलाई खाना मिठो चाहिन्छ र श्रीमतीको हातले नै पकाएको खाना खानुपर्छ । त्यसैले कहिलेकाँही दिनरात पकाउनुपर्ने भनेर रिसाउँछिन् । तर मलाई धेरै माया गर्छिन् । विवाह गरेपछि दुवै छोरालाई छुट्टा छुट्टै घर किनेर राखिदिएको छु । उनीहरु सबै खुशी छन् । ३ वटा नातिनी १ जना नाति छन् । हाम्रो पारिवारिक जीवन सौहार्दपूर्ण छ ।
के भन्नुहुन्छ रेहना ?
डा. वैद्यले दाम्पत्य जीवनका बारेमा सँगालेको अनुभव आफैंमा एउटा उपन्यास बन्न
सक्छ । त्यस्तै रेहनाले चाहिँ के सोच्नुभएको छ त ? हामीले उहाँलाई सोध्यौं । रेहना भन्नुहुन्छ( परिवारमा श्रीमानले समय दिन सक्नुहुन्न । कतिपय अवस्थामा घरमा समस्या आउँदा पनि त्यसलाई सामना गर्नसक्नुपर्छ । यो कुरा हामीले पनि बुझिदिनुपर्छ । पहिला पहिला डाक्टरहरु धेरै व्यस्त हुने गर्थे । अहिले म निकै सन्तुष्ट छु । श्रीमान श्रीमती एक रथका दुई प्रांग्रा हुन् । त्यसैले दुवैको सहयोग हुन जरुरी छ । कुनै कुरा पनि लुकाउन हुँदैन । दुवैजनाले मनमा भएका कुरा खुलस्त बताउन सक्नुपर्छ ।
श्रीमानको कमजोरी
तुरुन्त निर्णय लिएर काम शुरु गरिहाल्ने बानी छ । यसले कहिलेकाँही धोका पनि हुनसक्छ र कहिले राम्रो पनि हुनसक्छ ।
राम्रो गुण
सबैलाई सहयोग गर्न खोज्नुहुन्छ । यो धेरै राम्रो गुण हो । समाजलाई दिएको योगदान पनि महत्वपूर्ण छ । इज्जत प्रतिष्ठा नाम भयो