Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्कूल ब्याग–बच्चाको ढाड र कम्मरको सत्रु



स्कूल ब्यागको बोझले बच्चाको लागि शारीरिक एवं मानसिक समस्या पैदा गरिरहेको छ । भारी ब्याग उठाउनाले उनीहरुको रीढको हड्डीमा नराम्रो असर पर्ने बिभिन्न अध्ययनहरुले देखाएका छन् । यसले बच्चाको कम्मर दुख्ने, ढाड दुख्ने, काँध जकडिने जस्ता समस्या झेलिरहेका छन् । स्वास्थ्य विशेषज्ञका अनुसार, यदि बच्चा आफ्नो तौलको १५ प्रतिशत तौल सँधै उठाउँछन् भने उनीहरुलाई कम्मर र ढाड दुख्ने समस्या हुन सक्दछ । के हो यस समस्याको समाधान ? प्रस्तुत छ, सोधसहितको विश्लेषण ।
हाम्रो देशका बालबालिका अन्य देशको तुलनामा सानैदेखि स्कुल जान लाग्छन् र उनीहरुको साथ जान्छ स्कुल ब्याग । जसमा उनीहरुको कापी, किताब, टिफिन बक्स र पानीको बोतल हुन्छ । बच्चाको ५ देखि ६ घण्टाको समय स्कूलमा ब्यतित हुन्छ । त्यसैले आफ्नो जरुरतको हर सामान उनीहरु आफ्नो ब्यागमा राख्छन् । त्यसैले उनीहरुको ब्याग धेरै भारी हुन्छ । स्कूल जति उच्च स्तरको हुन्छ त्यहाँको एक्टिभिटी (गतिविधी) पनि त्यतिनै धेरै हुन्छ र आजका विद्यार्थीहर हरेक चिजमा आफूलाई अब्बल बनाउन चाहन्छन् । त्यसैले सबै गतिविधीमा भाग लिने सामान पनि आफूसँग लिएर जान्छन् । त्यसैले उनीहरु वाल्यकालदेखिनै भारी स्कुल ब्याग उठाउन थाल्छन् । कम उमेरका बच्चाको कम्मर, काँध र हात, भारी सामान धेरै समय सम्म काँधमा उठाउन सक्ने खालको मजबूत भएको हुँदैन र कम्मर दुख्ने कारण बन्न सक्दछ ।

स्कुल ब्याग एक गम्भीर समस्या
स्कुलका शिक्षकको पनि यस तर्फ ध्यान जाँदैन की विद्यार्थीको स्कुल ब्याग दिनदिनै कति बढ्दै गइरहेको छ भन्ने । उनीहरु कुनै पनि किसिमले बच्चालाई स्वतन्त्र छोड्न चाहँदैनन । बरु उनीहरुलाई लगातार धेरै भन्दा धेरै व्यस्त राख्न चाहन्छन् । उनीहरुलाई लगातार धेरै होमवर्क दिइन्छ ताकि उनीहरु आफ्नो खाली समयको उपयोग घरमा होमवर्क गर्न लगाउन् घुम्न फिर्नमा नलगाउन् । विद्यार्थीलाई पढाइमा यति धेरै जोड दिन्छन् कि कयौ विद्यार्थीको मनमा पढाइ प्रति वितृष्णा पैदा हुन्छ र ऊ पढाइको नाम सुन्नासाथ टाढा भाग्न लाग्दछ ।
स्कुल ब्याग भारी हुनु एक समस्या हो र बच्चामा पढाइको दवाव दिनु दोस्रो समस्या हो । यी दुवै समस्या बच्चाको शारीरिक र मानसिक विकासमा बाधक बनेका छन् । भारी ब्याग उठाउनाले बच्चाको रीढको हड्डीमा नराम्रो असर पर्दछ र धेरै भार उठाउनाले उनीहरुको रीढको हड्डीको कर्व (घुमाउरो) प्रभावित हुन्छ ।

स्वास्थ्य विशेषज्ञको मत
डाक्टरहरको अध्ययन अनुसार बेलायतमा १४ वर्ष उमेर समूहका बच्चाहरुको आधा हिस्सा रिढ हड्डी दुखाइबाट पीडित छन् । बेलायतमा बच्चाको स्कुल ब्याग किताब, ल्यापटप, लन्च र खेल्ने सामानको कारण धेरै भारी हुन्छ जसको कारण उनीहरुलाई कमर दुख्ने, रीढको हड्डी दुख्ने समस्या छिटै हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार, यदि बच्चा आफ्नो तौलको १५ प्रतिशत वजन सँधै काँधमा उठाउछन् भने उनीहरुको कम्मर दुख्छ ।
यो शोध आकँडा ब्रिटेनमा गरिएको अध्ययन बाट प्राप्त हो । नेपाल चाहिँ यसबाट अछूतो छ त ? विज्ञहरुले अध्ययन नगरेकाले मात्र यसबारे बहस नभएको हो । अब अभिभावक, शिक्षक र स्कूलहरुले यसबारे छलफल चलाउन जरुरी देखिएको छ । विज्ञहरु बच्चालाई पढाइको बोझ र किताबको बोझ दिनहुँदैन भन्छन् । उनीहरुलाई थोरै होमवर्क दिनुको साथसाथै यस्तो कार्य गर्न दिनुपर्छ जसले उनीहरु व्यावहारिक शिक्षण प्राप्त गर्न सकुन । जस्तोः चित्रको माध्यमले बच्चालाई शिक्षा दिनु, उनीहरुलाई राम्रो राम्रो कथा सुनाउनु, उनीहरुलाई खेल खेलमा व्यावहारिक कुरा सिकाउनु यसका उपाय हुन सक्छन् ।

कमर र ढाड दुखाइले युवा वर्ग पनि समस्यामा
कमर,काँध र ढाडको दुखाईको समस्या अब केबल बच्चामा मात्र नभई युवामा पनि देखिइरहेको छ । पहिले यो समस्या वृद्धावस्थामा हुन्थ्यो तर अब गर्दनमा दुखाई, काँधको दुखाई, कमर दुखाई, खुट्टाको दुखाइ आदि शारीरिक समस्या ठूलो संख्यामा शहरका यूवावर्गमा देखिन लागेको छ । यसको कारण कार्यस्थलमा दिनभर बसेर काम गर्नु, शारीरिक मेहनतमा कमी, उठ्ने बस्ने गलत तरिका, एकै स्थितिमा धेरै समयसम्म काम गरिरहनु, गलत तरिकाले व्यायाम गर्नु आदि हो । धेरै मोटरसाइकल चलाउनु वा कार ड्राइविंगको कारण पनि काँधमा दुखाई हुन्छ । कहिलेकाँही घन्टौं कम्प्युटरमा बसेर माउसको उपयोग वा टाइपिग आदिले पनि हातको नसा, गर्दन र काच्धमा समस्या हुन्छ ।
हाम्रो काँध जुन जोर्नीमा टिकेको हुन्छ, त्यसलाई बाल एन्ड सर्केट ज्वाइन्ट वा कप बल ज्वाइन्ट भनिन्छ । यस किसिमको जोर्नीमा हड्डीको कम र तन्तुको धेरै सपोर्ट हुन्छ । त्यसमा धेरै वजन राख्नाले वा धेरै समयसम्म एकै मुद्रामा बसेर काम गर्नाले त्यसमा दबाब पर्दछ । यसबाट त्यसको मजबूती वा स्थिरता, दुबै खतरामा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्