Logo
|
Saturday 20th April 2024
Logo

epaper

औषधि व्यवसायलाई व्यवसायिक बनाउने एक अभियन्ता



Sudhir Maskey1हजार माइलको यात्रा एक पाइलाबाटै शुरु गर्नुपर्छ । सुधीर मास्केले पनि एक पाइलबाट यो यात्रा शुरु गर्नुभएको थियो ।
एक पाइला अर्थात एमआरबाट शुरु भएको उहाँको यात्रा आज सफल व्यवसायिक व्यक्तित्वका रुपमा अघि बढिरहेको छ । उद्योगमा लगानी एउटा पाटो हो । तर उद्योगमा काम गर्ने जनशक्तिहरुलाई अझ बढी व्यवसायिक बनाउन त्यत्तिकै जरुरी पर्छ । सुधिर मास्केले मेडिकल प्रतिनिधि (एमआर) बाट आफ्नो व्यवसायिक यात्रा शुरु गर्नुभएकाले उहाँलाई यस क्षेत्रको अवस्था र समस्याबारेमा राम्रो ज्ञान छ । उहाँ भन्नुहुन्छ—‘मेरो सफलतामा व्यवसायिकताको ठूलो देन छ ।’
अहिले सुधिर मास्के म्याग्नस फर्माका निर्देशक हुनुहुन्छ । म्याग्नसलाई पाँच वर्षको छोटो अवधिमा लोकप्रिय बनाउनमा मास्केको भूमिका महत्वपूर्ण छ । अतः औषधि व्यवसायलाई अझ बढी व्यवसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सक्रिय रुपमा अघि बढ्नुभएको छ मास्के । उहाँ भन्नुहुन्छ—‘मेरो लामो व्यवसायिक यात्रा औषधि क्षेत्रमा बित्यो । यो व्यवसायलाई अझ धेरै व्यवसायिक बनाउन सकेँ भने यसलाई नै मेरो जीवनको सबैभन्दा ठूलो सफलता ठान्नेछु ।’ ‘औषधि क्षेत्रमा भएका जनशक्तिहरुलाई बढी भन्दा बढी प्रतिस्पर्धी बनाउन जरुरी ठान्दछु ।’ मास्के भन्नुहुन्छ—‘विदेशी कम्पनिहरुको आयातलाई प्रतिस्थापन गर्न अब नेपाली औषधि कम्पनिहरुले आफ्नो क्षमतालाई अभिबृद्धि गर्न जरुरी छ ।’
व्यापारमा नाफा घाटा मात्रा हेरेर हुँदैन । व्यापारको प्रभाव कस्तो छ भन्ने कुरा केलाउनुपर्छ । कुनै पनि कम्पनिले उत्पादन गरेको वा व्यापार गरेको वस्तुले सम्बन्धित क्षेत्रका उपभोक्तालाई फाइदा पु¥याउनै पर्छ । समष्टीगत रुपमा बजारमा व्यापारको सकारात्मक प्रभाव पर्नुपर्छ । व्यापार मात्र हुनुपर्छ भन्ने सोचाइ संकिर्णताको उपज हो । व्यवसायिकताको सोचाइले समष्टिगत रुपमा यसको प्रभाव र लोकप्रीयतालाई दृष्टिगत गर्छ । मास्के भन्नुहुन्छ— ‘त्यसैले आ—आफ्नो क्षेत्रमा सृजनशील भूमिका निर्वाह गरेमा व्यवसायको प्रभावकारितामा अनुकूल वातावरण सृजना हुन्छ ।’
रिजल्ट ओरेन्टेड जनशक्ति
सुधिर मास्के औषधि मार्केटिङमा राम्रो व्यवसायिक मेनेजर (व्यवस्थापक) हरु उत्पादन हुनुपर्ने मान्यताका साथ अघि बढ्नुभएको छ । उनीहरुलाई सकेसम्म क्षमतावान बनाउनुपर्छ । हामीसँग मार्केटिङ र टेक्निकल क्षेत्रमा क्षमतावान जनशक्ति धेरै कम छन् । यद्यपी औषधि उद्योगलाई प्रतिस्धर्नी रुपमा व्यावसायिक बनाउनुपर्छ । यसलाई रिजल्ट ओरेन्टेड बनाउन जरुरी छ । मास्के भन्नुहुन्छ—‘मेरो मुख्य ध्यान यतातिर केन्द्रित छ ।’
व्यवसायिकता आफैंमा नाफा
हाम्रोजस्तो मुलुकका लागि व्यवसायिकता आफैंमा नाफा हो । त्यसैले हरेक व्यक्तिमा व्यवसायिक प्रवृत्ति हुन जरुरी छ । व्यवसायिकताको सोच विकास हुँदै गएमा जो व्यक्ति जहाँ भएपनि उसले राम्रो प्रतिफल दिन सक्छ । राम्रो काम गर्नसक्ने क्षमता भएका जनशक्ति उत्पादन गर्न जरुरी छ । मास्के भन्नुहुन्छ—‘म्याग्नस फर्माले नेपाली औषधि कम्पनिहरुले बनाइसकेका औषधिहरु बनाउँदैन । यसले सृजनशीलतालाई बढी प्राथमिकता दिने गरेको छ । उहाँ भन्नुहुन्छ—‘भइसकेको मार्केटलाई लुछाचुड गर्नुभन्दा नयाँ बजार सृजना गर्नुमा नै भलाई हुन्छ ।’ मास्के भन्नुहुन्छ—‘यो क्षेत्रमा जति काम गर्नसक्छु, त्यति नै बढी औषधि क्षेत्रलाई व्यवसायिक बनाउनतिर केन्द्रित रहनेछु ।’ नेपालका औषधि उद्योगलाई प्रतिस्पर्धी बनाउन दक्ष जनशक्ति र व्यवसायिक वातावरणको खाँचो पर्छ । मास्के भन्नुहुन्छ–‘यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी बनाउन मेरो क्षेत्रबाट कुनै पनि कञ्जुस्याईं गर्दिनँ ।’
करियरको शुरुवात्
सुधिर मास्के काठमाडौंको क्षेत्रपाटीमा जन्मेको भएपनि बुवाको जागिरको शिलशिलामा बीरगञ्जतिर हुर्किनुभयो । उहाँको शिक्षादीक्षा पनि बीरगञ्जमा भयो । बीरगञ्जको ठाकुरराम क्याम्पसबाट विज्ञापन विषयमा स्नातक गरेपछि मेडिकल प्रतिनिधि (एमआर) बाट औषधि क्षेत्रमा काम गर्न शुरु गर्नुभयो । शुरुमा आफ्नो साथीको बुबा औषधि क्षेत्रमा काम गर्नेभएकाले उहाँले यो पेशााबारे राम्रोसँग जानकारी लिने मौका पाउनुभएको थियो ।
औषधिको दुनियाँमा करियर
मास्के अलि परिवर्तनकारी स्वभावको हुनुहुन्छ र नयाँ नयाँ सृजनशील काम गर्न चासो राख्नुहुन्छ । आफूले जिम्मेवारी Sudhir Maskeyपाएको काममा वफादार र इमान्दारिताको भूमिका निर्वाह गर्न पछि पर्नुहुन्न । मास्केले शुरुमा सन् १९९१—१९९२ तिर भारतको मुम्बईस्थित सिन्थिको फर्मुलेसन कम्पनिको नेपालको मेडिकल प्रतिनिधि (एमआर) भएर काम शुरु गर्नुभएको थियो । त्यसपछि उहाँलाई बैंङलोरको एग्लो—फ्रेन्च ड्रगस् कम्पनिमा काम गर्न अनुरोध आयो । यो कम्पनिमा काम गर्न थालेपछि मास्केको प्रोमोसन निकै चाँडो गतिमा भयो । यहाँ काम थालेको २ वर्षमा डिस्ट्रिक्ट मेनेजर र त्यसको केही समयपछि कन्ट्री मेनेजर हुनुभयो । करिब ६ वर्षजति बैंङलोरको कम्पनिमा काम गरेपछि उहाँले १९९६ तिर नेपाली औषधि कम्पनि एसियन फर्मास्युटिकल्स प्रा.लि.मा जागिर शुरु गर्नुभयो । यहाँ उहाँले १० वर्षजति बिताउनुभयो । पछिल्लो समयमा उहाँ मार्केटिङ मेनेजर हुनुहुन्थ्यो । यहाँ काम गर्दा उहाँले निकै राम्रो छाप छोड्न सफल हुनुभयो । मास्केले करियरको शुरुवात् सिन्थिको फर्मुलेसनबाट शुरु गर्नुभयो, नेपालको बजार र कामको चरित्र बुझ्ने अवसर बैंगलोरको एग्लो—फ्रेन्च ड्रग कम्पनिबाट पाउनुभयो भने नेपालको एसियन फर्मास्युटिकल्स कम्पनिबाट मास्केले खारिने मौका पाउनुभयो । उहाँले यहाँ धेरै संघर्ष गर्नुभयो । प्रोफेसनल तरिकाले काम गर्न खोज्दा बाधा अवरोधहरु सृजना हुने गर्छन् । मास्के भन्नुहुन्छ—‘आत्मविश्वासका साथ निडर भएर काम गर्दा सफलता मिल्ने रहेछ ।’
निडर र सृजनशील व्यक्तित्व
मास्के स्पष्ट र निडर स्वभावको हुनुहुन्छ । कम्पनिको हित प्रतिकूल हुने क्रियाकलापलाई उहाँ कहिल्यै पनि स्वीकार गर्नुहुन्न । उहाँ भन्नुहुन्छ—‘कसैको इच्छाले कम्पनि चल्दैन । उचित निर्णय लिएर मात्र अघि बढ्नुपर्छ ।’ कम्पनिले दिने सेवा राम्रो र टिकाउ हुन्छ के ले गर्दा हुन्छ भन्ने कुरा टेक्निकल व्यक्तिले मात्र परिभाषित गर्न सक्छ । मास्के भन्नुहुन्छ—‘विशेषज्ञता नभएको व्यक्तिले इन्टरफेयर गरेर मात्र हुँदैन । करियर शुरु गर्दै जाँदा धेरै चुनौतिहरु सामना गरेँ । बिस्तारै व्यवसायिक सफलताहरु हाँसिल गर्दै रहेँ । व्यक्तिगत इमान्दारिता र मिहिनेतका कारण यसैमा आनन्द महसुस थाल्यो । यसैमा आफ्नो विशेषज्ञता र अनुभव विकास भयो र औषधिकै दुनियाँमा करियर बन्दै गयो ।
यसरी जन्मियो म्याग्नस
मास्के एसियन फर्मास्युटिकल्स कम्पनिमा काम गर्दै गर्दा बीरगञ्जका केही साथीहरुले औषधि कम्पनि खोल्ने निर्णय गरेका थिए । ‘यसको बजारीकरणका लागि साझेदारी गर्ने माग भएपछि म्याग्नससँग आवद्ध हुन पुगेँ ।’ —उहाँले जनस्वास्थ्य सरोकारसँग भन्नुभयो । आजको म्याग्नसको स्वरुप मास्केलगायतका अन्य केही साथीहरुको सहयोग र योगदानको उपज हो ।
व्यवसायिक क्रान्ति
हाम्रो देशमा संख्यात्मक रुपमा ४ दर्जनभन्दा बढी उद्योग भएपनि व्यवसायिक रुपमा सफल भएका उद्योगहरुको संख्या न्यून नै छन् । मास्के भन्नुहुन्छ—‘कम्पनिलाई व्यवसायिक रुपमा राम्रोसँग हाँक्न सकिएन भने त्यस उद्योगको लोकप्रीयता हुँदैन ।’ औषधि उद्योगमा पैसा लगाएर मात्र हुँदैन । यसमा धेरै अध्ययन गर्नुपर्छ । जनशक्तिहरुलाई समयसापेक्ष तालिम दिनुपर्छ । चिकित्सक र सर्वसाधारणप्रति विश्वसनीय वातावरण बन्नुपर्छ । मास्के भन्नुहुन्छ—‘औषधि उद्योगलाई व्यवसायिकरण गर्नुपर्छ भन्ने मेरो शुरुदेखिको मान्यता र सिद्धान्त हो र सोही सिद्धान्तमा जोडतोडका अघि बढिरहेको छु ।’ लगानी गरेर मात्र औषधि उद्योग फस्टाउँदैनन् । उद्योगको गुणस्तर कायम राख्न सक्नुपर्छ । काम गर्ने जनशक्तिको क्षमता र व्यवसायिकतामा ध्यान दिनुपर्छ ।
करियरमा संघर्ष
संघर्षबिना सफलता हाँसिल गर्न सकिदैन । विगतमा व्यवसायिक ज्ञान र सिप थिएन । यस्तो अवस्थामा धेरै चुनौतिहरुको सामान गर्नु स्वभाविक पनि थियो । विगतमा व्यवसायको प्रकृति साहुजी पाराको थियो । तर यस्तो प्रवृत्तिले कम्पनिले लोकप्रीयता कमाउन सक्दैन । मास्के भन्नुहुन्छ—‘मेरो आत्मविश्वास र निरन्तर संघर्षका कारण एकपछि अर्को जिम्मेवारी र विश्वासको वातावरण पाएको हुँ ।’
सफलताको रहस्य
कसैको लहै लहैमा लागेर औषधि उद्योग खोलेर हुँदैन । बजारको माग अनुसार काम गर्नुपर्छ । नक्कल गरेर मात्र औषधि कम्पनिले लोकप्रिया कमाउन सक्दैन । सृजनशील हुन सक्नुपर्छ । अरुले नगरेका काम गर्न सक्नुपर्छ । वर्तमान र भविष्यबीचको दूरी विश्लेषण गरेर नेपालमा नभएका आवश्यक र डाक्टरको चाहना अनुसारका उत्पादनहरु गर्न सकेमा नेपाली औषधि कम्पनिहरुको लोकप्रीयता बढ्छ । मास्के भन्नुहुन्छ—‘हामीहरु पनि नेपालमा नभएका र नेपाली कम्पनिहरुले उत्पादन गर्न नसकेका डाक्टरको चाहनाअनुरुपका औषधि उत्पादन र बजारिकरण गरिरहेका छौं । हामीले गुणस्तरमा सम्झौता गरेका छैनौं भने न्यून मूल्यमा बजारीकरण गर्न सफल भएका छौं । अंकगणीतीय हिसाबकिताव गरेर जोखिम मोलेका छौं । जोखिमसँगै सफलता पनि हाँसिल गर्न सफल छौं ।’
करियरमा अनुभव र खोजिनीति
करियरमा अनुभव भनेको गर्दै जाँदा खारिदै जाने कुरा हो । यो परेर जानिने कुरा हो । आजको युगमा करियरमा अध्ययन निकै जरुरी हुन्छ । अझ औषधि व्यवसायमा अध्ययन बिना सफलता हाँसिल गर्न सकिदैन । अध्ययन अनुसन्धान र प्रशिक्षणमा धेरै जोड दिनुपर्ने आवश्यकता हुने मास्के बताउनुहुन्छ ।
काम नै धर्म हो
जतिसुकै अप्ठेरो परिस्थितिमा पनि आत्मसमर्पण नगर्ने र निरन्तर संघर्ष गर्ने सुधिरको स्वभावक हो । ‘अहिलेसम्म काममा सम्झौता गरेको छैन । काम नै धर्म हो भन्ने मान्यतामा हिँडेको छु ।’ मास्के भन्नुहुन्छ—‘देश र समाजको हित प्रतिकूल हुने कुनै पनि काम गर्दिन । कसैको पनि कुभलो चिताउदिनँ । ’
सफलताको स्वाद
सकारात्मक सोच नै सबैखाले सफलताको प्रस्थान बिन्दु हो । असाधारण सफलताका लागि टिम वर्कको अत्यधिक महत्व हुन्छ । दुःख र सफलता एउटा सिक्काको दुई पाटो जस्तै हुने रहेछ । संघर्ष गर्दै गएमा सफलता हाँसिल गर्न सकिन्छ । चुनौतिलाई सामना गर्नुपर्छ । यसले सफलता मिल्छ । ‘मेरो सफलताको श्रेय मसँग काम गर्ने साथी, मलाई विश्वास गर्ने लगानीकर्ता साथै प्रतिस्पर्धी र आलोचकहरुको उत्तिकै भूमिका छ ।’ मास्के भन्नुहुन्छ—‘मैले सफलताको स्वाद विगतमा पनि पाइसकेको छु । अहिले आफैंले हाँकेको कम्पनिमा पाएको सफलताको स्वाद निकै मिठो छ ।’ म्याग्नसले पहिलो वर्षमा नै ६ करोडको व्यापार गर्न सफल भएको थियो । यो उद्योग पहिलो वर्षमा यति धेरै सफलता हाँसिल गर्ने पहिलो कम्पनि हो । ’त्यसपछि तीन—चार वर्षसम्म हरेक वर्ष नयाँ डिभिजन र मोलिक्युल्सहरु थप्दै जान सफल भयौं । यो एउटा ठूलो चुनौति थियो । नेपालमा उत्पादन हुन नसकेका ८० प्रतिशत औषधि स्वदेशमा उत्पादन गर्न हामी सफल भएका छौं र सफलताका साथ बजारीकण गर्न सफल भयौं ।’—मास्केले स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाली बजारमा नछिरेका औषधि उत्पादन गर्न म्याग्नस सफल भएको छ । यसका लागि म्याग्नसका सम्पूर्ण प्रोमोटर÷लगानीकर्ताहरु तथा यसमा काम गर्ने कर्मठ कर्मयोगीहरुको भूमिका पनि उत्तिकै छ ।
सफलतामा आन्तरिक व्यवस्थापन
कम्पनिको लोकप्रीयता कमाउन आन्तरिक व्यवस्थापन राम्रो हुनुपर्छ । ठीक व्यक्तिलाई ठीक ठाउँमा कसरी राख्ने र उसलाई के को जिम्मेवारी दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हरेक मानिसको आफ्नै शैली र मौलिकता हुने भएकाले यसलाई बुझेर प्रयोग गर्न जान्नुपर्छ । कम्पनि सञ्चालन गर्दा मालिक र नोकरको व्यवहार गर्नहुँदैन । मास्के भन्नुहुन्छ—‘सबैलाई आफ्नै व्यवसायिक जिम्मेवारीप्रति वफादार वन्न सिकाउनुपर्छ । सबैलाई सम्मान गरेर अघि बढ्नुपर्छ । यसले सफलता पाउन सकिन्छ ।’
भावी योजना
नेपाली औषधि कम्पनिलाई अझ व्यवसायिक कसरी बनाउने ? समृद्ध र प्रतिस्पर्धी कसरी बनाउनेतर्फ जागरुक र संवेदनशील भएर अघि बढ्नुभएको छ छ,निर्देशक मास्क्े । उहाँको यो लक्ष्यले सफलताको शिखर चुमोस शुभकामना ।

प्रतिक्रिया दिनुहोस्