Logo
|
Friday 19th April 2024
Logo

epaper

मधुमेहः अव्यवस्थित जीवनशैली र खानपान



जनस्वाथ्य सरोकार । विश्व स्वास्थ्य संगठनले भनेको छ—‘मानिसको जीवनशैली र खानपानलाई व्यवस्थित गर्न diabetes-blue-circleनसकेकाले केही वर्ष यता मधुमेहका बिरामी बढ्न थालेका छन् ।’
नेपालमा करिब ६ देखि १९ प्रतिशतसम्म मधुमेहका बिरामी भएको पाइएको छ । मधुमेहका बिरामीहरुमध्ये ५० प्रतिशतमा लक्षण नै देखा पर्दैन । रुटिन जाँचबाट मात्र थाहा हुन्छ । नेपालमा करिब २ प्रतिशतको मधुमेहका कारण ज्यान जाने गरेको सरकारी भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०१५ मा जारी गरेको सन् २०१४ सम्मको विश्वको मधुमेह रोगको अवस्थालाई हेर्दा मधुमेहका बिरामीहरु बढिरहेको देखिएको छ । सन् २०१३ को तथ्यांकले विश्वका ३९ करोड २० लाख जनता मधुमेहबाट पीडित भएकोमा यो संख्या बढेर सन् २०१४ को तथ्यांकमा ४५ करोड ७० लाख पुगेको छ । एक वर्षको बीचमा ६ करोड ५० लाखको हाराहारीमा मधुमेहका बिरामी बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०१५ मा सन् २०१४ सम्मको मधुमेह रोगबारे जारी गरेको तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

-विश्वभर ४५ करोड ७० लाख जनता मधुमेहबाट पीडित छन् । अहिलेकै गतिमा मधुमेह बढ्दै गएमा आगामी सन् २०३५ सम्म ५९ करोड २० लाख मधुमेही हुने अनुमान गरिएको छ ।
-७७ प्रतिशत मधुमेहका बिरामी निम्न तथा मध्यम आम्दानी हुने मुलुकका जनता रहेका छन् ।
-१७ करोड ९० लाख जनताको अहिलेसम्म मधुमेह रोग पहिचान हुन सकेको छैन ।
-सन् २०१४ मा मधुमेहबाट ४९ लाख व्यक्तिको मृत्यू भएको छ । हरेक दिन सात सेकेन्डमा एकजनाको मधुमेहबाट ज्यान गइरहेको छ ।
-विश्वमा भएका मधुमेह बिरामीमध्ये ९० प्रतिशत बिरामी दोस्रो प्रकारको मधुमेहबाट पीडित छन् ।
-सन् २००१४ मा मधुमेह रोग उपचारका लागि ६१ करोड २० लाख अमेरिकी डलर खर्च भएको छ । एकजना मधुमेह व्यक्तिको उपचारका लागि १ हजार ५ सय ८३ अमेरिकी डलर खर्च भएको छ ।
-सन् २०१४ मा दक्षिणपूर्वी एसियन मुलुकहरुमा मात्र ९ करोड १० लाख व्यक्ति मधुमेहबाट पीडित भएका छन् । तिमध्ये ४९ लाख व्यक्तिको मधुमेह रोग पहिचान नै हुन सकेको छैन ।
-चीन मधुमेह धेरै भएको विश्वकै पहिलो मुलुक हो । यहाँ ९ करोड ६० लाख जनता डायबिटिजबाट पीडित छन् ।
-भारत मधुमेह भएको विश्वकै दोस्रो मुलुकको सूचिमा पर्छ । यहाँ ६ करोड ७० लाख जनता मधुमेहबाट पीडित छन् ।
स्रोतः विश्व स्वास्थ्य संगठन

मधुमेह भएका व्यक्तिलाई मुटु, मिर्गौलाको संक्रमण हुने सम्भावना बढी हुने चिकित्सकहरुको भनाइ छ । खानपान र जीवनशैलीलाई व्यवस्थित गर्न सकेमा मधुमेहबाट बच्न मद्धत गर्छ । यद्यपी सन्तुलित खानपान, नियमित ब्यायाम गरेर शरीरको तौल सन्तुलन गर्न सकेमा र रगतमा ग्लुकोजको मात्राबारे समय समयमा जानकारी लिएर सन्तुलन गर्न सकेमा मधुमेहरुबाट बच्न सकिन्छ । सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय मधुमेह संगठनको आव्हानमा नोभेम्बर १४ मा यो दिवस मनाइने गरिन्छ । विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्