Logo
|
Tuesday 16th April 2024
Logo

epaper

इम्युन सिस्टम र खानपान



इम्युन सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) ले रोग फैलाउने भाइरस, ब्याक्टेरिया र प्यारासाइट्सलाई शरीरमा प्रबेश गर्नबाट रोक्छ । तर कहिलेकाँही रोग प्रतिरोधात्मक क्षमताले रोक्न नसक्ने गरी यस्ता किटाणुहरुको शक्ति बढ्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताले चिसो र खोकी लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सनजस्ता सामान्य रोग मात्र नभएर अथ्राइटिसजस्ता गम्भीर रोगको खतरा पनि रहन्छ । त्यसैले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन जरुरी हुन्छ । हाम्रो शरीरमा हानिकारक जीवाणु प्रवेश गरेपछि उक्त जीवाणुसँग लड्न इम्युन सिस्टम असमर्थ हुन्छ र हामी बिरामी पर्छौं । कुनै ब्यक्ति कति समयसम्म बिरामी हुन्छ भन्ने कुरा उसको इम्युन सिस्टममा निर्भर गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता जति बलियो हुन्छ त्यति नै रोग लाग्ने सम्भावना कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नमा खानपानको भूमिका महत्वपूर्ण मानिन्छ ।
सन्तुलित खानपानको प्रयोग
सन्तुलित खानपान र इम्युन सिस्टमबीच गहिरो सम्बन्ध हुन्छ । स्वस्थ र सन्तुलित खानाले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन मद्दत गर्छ । त्यसैले स्वस्थ र सन्तुलित खाना खाएर आफ्नो इम्युन सिस्टमलाई बलियो बनाउनुपर्छ । आफ्नो खानपान ठिक भएमा रोग प्रतिरोधात्मक क्षमता बढाउन त्यति आवश्यक परिरहँदैन ।
इम्युन सिस्टम मजवुत पार्ने वस्तु
प्रोटिन—इम्युन सिस्टमले शरीरमा राम्रोसँग काम गर्न प्रोटिनको आवश्यकता पर्छ । यसले इम्युन सिस्टम बलियो बनाउँछ । यसबाट भाइरस एवं ब्याक्टेरियाले शरीरलाई नोक्सान पु¥याउन सक्दैन । यसका साथै व्यक्तिलाई विभिन्न रोगको संक्रमण हुनबाट बचाउँछ । त्यसैले खानामा प्रोटिनयुक्त खानेकुरा सामेल गर्नुपर्छ ।
भिटामिन ई— शरीरमा सेलको क्रियाकलाप बढाउन र एन्टिबाइटिक उत्पादनमा भिटामिन ई ले मद्दत गर्छ । त्यसैले आफ्नो दैनिक खानामा भिटामिन ई भएका खानेकुरा हुन आवश्यक छ ।
भिटामिन सी— भिटामिन सी धेरैजसो फलफूल र सागसब्जीमा पाइन्छ । यसले रोग प्रतिरोधक सेलको कार्यप्रणाली विकास गर्छ । भिटामिन सी ले रुघा खोकी ठिक पार्छ ।
भिटामिन ए— माछा, कलेजो, दूध, चिज र अण्डा भिटामिन ए को राम्रो स्रोत हुन् । यसले इन्फेक्सन र विभिन्न रोगबाट बचाउँछ । यसका साथै एन्टिबडी रेस्पोन्सेस र ह्वाइट ब्लड सेल (श्वेत रक्तकोष) को निर्माणमा मद्धत गर्छ । गाजर, पालुङ्गो, ब्रोकाउली र हरियो सागसब्जीमा पाइने बिटाकेरोटिन ले पनि शरीरमा इम्युनिटी बढाउँछ ।
जिंक— रोग प्रतिरोधक क्षमता बृद्धि गर्न जिंकको अहम भूमिका हुन्छ । यदि शरीरमा जिंकको कमी भएमा शरीरमा भएको घाउ चाँडो निको हुनसक्दैन । सामुन्दिक खान, मासु, कलेजो, अण्डा आदि जस्ता खाद्य वस्तुहरुमा जिंक धेरै मात्रामा पाइन्छ । ध्यान दिनुपर्ने कुरा के छ भने शरीरलाई आवश्यक पर्ने भन्दा बढि जिंकले इम्युन सिस्टमलाई नोक्सान पु¥याउँछ । त्यसैले सन्तुलित मात्रामा यसको सेवन गर्नुपर्छ ।
सिलिनियम— इम्युन सिस्टम बलियो बनाउनका सिलिनियम आवश्यक पर्छ । सामुन्द्रिक खाना, बदाम, मासु, माछा, टुसा पलाएका गेडागुडी, गेडागुडीको सातु र ब्राउन राइस आदिमा सिलिनियम पाइन्छ ।
आइरन— रेड मिट, हरियो सागसब्जी, अण्डा, ड्राई फ्रुड्स आदिमा आइरन पाइन्छ ।
एन्टिअक्सिडेन्ट— फ्रिरेडिकल्सबाट बचाउन एन्टिअक्सिडेटको आवश्यकता पर्छ । टमाटर, टमाटरबाट बनेका चिजहरु, सुन्तला, रातो र पहेँलो प्लान्ट फुड्स एवं डार्क ग्रीन भेजिटेबल्स आदिमा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । एन्टिअक्सिडेन्टले फ्रिरेडिकल्स र मलिक्युल्सबाट इम्युन सेलको रक्षा गर्छ ताकि सेल र डिएनए दुवै सुरक्षित रहुन् ।
इम्युनिटी बढाउने अर्को उपाय
यदि तपाई ग्रीन टी को सौखिन हुनुहुन्छ भने यो एकदमै राम्रो हो । यदि हुनुहुन्न भने यसको बानी बसाल्नुहोस् । ग्रीन टि मा एन्टिअक्सिडेन्ट हुन्छ । यसले इम्युनिटी बढाउनुको साथै क्यान्सरबाट समेत जोगाउँछ । विशेषज्ञका अनुसार, दिनमा ३ कप टि पिउनाले इम्युन सिस्टम बलियो हुन्छ । लसुन र प्याज नियमित खानाले इम्युन सिस्टम राम्रो हुन्छ । प्रोटिन (खास गरी अमिनो एसिडयुक्त) खानेकुरा खाने । शारीरिक अभ्यासले रक्तसञ्चार वढाउँछ र रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । विभिन्न अनुसन्धानहरुले बताएअनुसार, च्याउको सेवनले क्यान्सरको खतरा कम हुन्छ । साथै सेता रक्तकोष उत्पादनमा मद्दत गर्छ । दहीमा प्रोवायोटिक्स, फ्रेन्डली व्याक्टेरिया हुन्छ जसले इम्युन सिस्टममा सहयोग पु¥याउँछ । ब्लुवेरीज, ब्ल्याकबेरीज र अंगुरको सेवन गर्ने ।

प्रतिक्रिया दिनुहोस्