Logo
|
Saturday 20th April 2024
Logo

epaper

सुत्केरी र नवजात शिशुको मृत्युपछि मणिपाल मेडिकल कलेजमा तनाव



जनस्वास्थ्य सरोकार, २४ जेठ । पोखराको मणिपाल मेडिकल कलेजमा सुत्केरी गराउने क्रममा आमा र शिशु दुवैको ज्यान गएको छ । धादिङ त्रिपुरा घर भई हाल पोखराको नयाँबजार बस्ने ३५ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको मृत्यू भएको थियो । मंगलबार दिउँसो १०. ३० बजे अस्पतालको प्रशुति वार्डमा भण्डारी प्रशुति सेवाका लागि भर्ना भएकी थिइन् । बुधबार बिहानीपख २ बजे मृत शिशुलाई जन्म दिइन् । त्यो बेलासम्म अस्पतालले आमा र शिशुको खतराबारे आफन्तलाई जानकारी गराएको थिएन । डेलिभरि नर्मल भएको थियो । शिशु जन्मेको ३ घण्टापछि बिहान ५ बजे आमा शान्तालाई पनि मृत घोषणा गरेपछि आफन्त आक्रोसित भए । सुत्केरीको पूर्व खतरा अवस्थाबारे चिकित्सक र अस्पतालले जानकारी नदिई मृत घोषणा गरेकाले डेलिभरीमा लापरबाही गरेर ज्यान गएको उनीहरुको आरोप छ । तर अस्पताले भने अत्यधिक रक्तश्राबका कारण सुत्केरीको मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ता भइरहेको जनाइएको छ । मृतककी श्रीमान् मजदुर हुन् भने उनको ८ वर्षीया छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्