Logo
|
Thursday 28th March 2024
Logo

epaper

पूर्ण खोप घोषित तीन गाउँपालिका



बढी जनघनत्व रहेको दक्षिणी रसुवास्थित तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीका अनुसार उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा जन्मिएका, शिशुदेखि एक वर्षभित्रका बालबालिकालाई दिइनुपर्ने बिसिजी, डिपिटी, पोलियो, दादुरा र रुबेलाजस्ता खोप पूरा भएकाले खोपमुक्त घोषणा गरिएको हो ।
घोषित क्षेत्रमा डाँडागाउँ, ठूलोगाउँ, राम्चे, धैबुङ, भोर्ले, सरमथली र यार्सा जस्ता गाउँ पर्छन् । खोपको जागरण ल्याउन गाउँ गाउँका स्वास्थ्य संस्था र महिला स्वयंसेविका क्रियाशील रहेको बताइएको छ ।

जिल्लाका पाँच गाउँपालिकामा एक वर्षमुनिका ८ सय ८० बालबालिकाले खोप लगाइरहेको र कालिका, उत्तरगया एवम् नौकुण्ड गाउँपालिकाका बालबालिकाको नयाँ तथ्याङ्क भने अद्यावधिक गर्न बाँकी रहेको तिवारीले बताउनुभयो । यसैबीच वर्षायाममा बगेर आउने पानी दूषित हुने भएकाले पानीलाई उमालेर मात्र खान खुवाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्