यौन तथा प्रजनन सेवा किशोरमैत्री
यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको मेरी स्टोप्स नेपालले आफ्ना सबै सेवा केन्द्रलाई किशोरकिशोरी मैत्री बनाउने तयारीमा जुटेको छ । हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न लागिएको बताइएको छ । मेरी स्टोप्स नेपालका युवा तथा नवविवाहित परियोजनाकी म्यानेजर निलिमा राउतले सन् २०१८ सम्ममा देशभरका ३६ वटै मेरी स्टोप्स केन्द्रमा सो सेवा सुरु हुने बताउनुभयो । अहिले मेरी स्टोप्सबाट काठमाडौँ, मोरङ र पर्सा जिल्लामा किशोरमैत्री कार्यक्रम सञ्चालन गरिदै आएको छ । रासस