Logo
|
Thursday 25th April 2024
Logo

epaper

तनहुँको दलित बस्तीको पखाला नियन्त्रणमा



तनहुँको आवँुखैरेनी गाउँपालिका–१ पोखरीटारको दलित बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आएको छ । स्वास्थ्यकर्मीले गाउँमै पुगेर बिरामीको उपचार गरेपछि रोग नियन्त्रणमा आएको हो ।

आँवुखैरेनी स्वास्थ्य चौकीका इन्चार्ज अगमराज उपाध्यायले त्यस क्षेत्रमा देखिएको पखाला नियन्त्रणमा आएको बताउनुभयो । बुधबार पनि स्वास्थ्यकर्मी बिरामीको निगरानीमा रहेको जानकारी उहाँले दिनुभयो । बिरामीको दिसा र पिउने पानी जाँचका लागि पठाइएको उपाध्यायले बताउनुभयो । दिसा स्थानीय ल्याब र नमुना पानी परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको सो स्वास्थ्य चौकीले जनाएको छ ।

आँवुखैरेनीबाट बुधवार त्यहाँ पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई पानी उमालेर खान, क्लोरिन चक्की प्रयोग गर्न, बासी–सडेगलेका खानेकुरा नखान, सफासुग्घर भएर बस्न र झोल पदार्थ प्रशस्त खान सल्लाह दिएको बताइएको छ । सो बस्तीमा रहेका ३५ घर मध्येका २८ व्यक्ति पखालाबाट प्रभावित भएका थिए ।

जिल्ला स्वास्थ्य प्रमुख डा पवनजङ्ग रायमाझीले पनि त्यस बस्तीमा देखिएको पखाला नियन्त्रणमा आइसकेको दाबी गर्नुभयोे । स्वास्थ्य क्षेत्रका महामारी हेर्ने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन ऐश्वर्य भट्टराईले औषधि र स्वास्थ्यकर्मीको टोली अहिले पनि तैनाथ अवस्थामा राखिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्