Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

खानेपानीमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक कोलिफर्म



  नुवाकोटको विभिन्न स्थानका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक कोलिफर्म (दिशामा पाइने जिवाणु) भेटिएको छ ।नेपाली हेल्थ अनलाइन पत्रिकाले विदुरमा शनिबार आयोजना गरेको ‘महामारी रोग र स्वास्थ्य सेवा’ विषयक अन्तक्र्रियामा स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य निरीक्षक राममणि घिमिरेले जिल्लाको मुख्य छ स्थानबाट लिएको नमूना परीक्षणमा सबै स्थानको पानीको मुहानमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो ।

वर्षायाम सुरु भएसँगै पानीमा हुनसक्ने दूषित अवस्थाको अध्ययन गर्न रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेका बासिन्दाले उपभोग गर्दै आएको मुहानबाट सङ्कलन गरिएको पानीको नमूना परीक्षणमा सबै स्थानमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको स्वास्थ्य निरीक्षक घिमिरेले जानकारी दिनुभयो । “पानीमा कोलिफर्मको मात्रा १० भन्दा बढी पाइएपछि त्यसमा रहेका जीवाणु सक्रिय हुने भएकाले पिउन अयोग्य मानिने गरेको छ ।” स्वास्थ्य निरीक्षक घिमिरेले भन्नुभयो –“नमूनाका रुपमा लिइएको स्थानमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म पाइएकाले शुद्धिकरण गरेरमात्र खान आग्रह गर्न लागेका छौँ ।”

उपभोक्ता समितिमार्फत ठूलो समुदायमा वितरण भएको पानीको मुहानबाट लिएको नमूना परीक्षणमा अपेक्षाभन्दा धेरै मात्रामा कोलिफर्म देखिएकाले उपभोक्तालाई ब्लिचिङ पाउडर, पियुसको प्रयोग, ट्याङ्कीको सरसफाइ, उमालेर प्रयोग गर्नेलगायतको पानी स्वच्छ बनाउने विधि प्रयोग गर्न लागेको स्वास्थ्य निरीक्षक घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्