Logo
|
Saturday 20th April 2024
Logo

epaper

लागुऔषध कारोबार गर्ने गिरोहका तीन सदस्य पक्राउ



 

भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागुऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकारसम्मेलनको आयोजना गरी लागुऔषध कारोबार गर्ने गिरोहमा संलग्न रहेका एक भारतीयसहित तीन जनालाई सार्वजनिक गरेको हो ।

पत्रकारसम्मेलनमा लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत रक्सौल निवासी मुकेशकुमार साह, वीरगञ्ज नगरवासी नरबहादुर केसी र उनकी श्रीमती माया केसीलाई सार्वजनिक गरेको हो ।

अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्यायले पक्राउ परेका तीनै जना अभियुक्त रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध टिटिजेसिक रात्रि बसबाट काठमाडाँै पु¥याउने धन्दामा संलग्न रहँदैआएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

त्यस्ता लागुऔषध भारतीय नागरिक मुकेशले वीरगञ्ज नाकासम्म पु¥याउने र नाकाबाट मायाले रात्रि बसका चालकहरुको सहयोगमा काठमाडाँैसम्म पु¥याउने गरेको उहाँले जानकारी दिनुभयो ।

भारतीय नागरिक मुकेश यही असार २२ गते ३४० थान टिटिजेसिकसहित पक्राउ परेपछि उनले दिएको जानकारीका आधारमा पहिले माया केसी र पछि नरबहादुर केसीलाई नियन्त्रणमा लिइएको हो । कारोबारमा संलग्न रहेका अर्का अभियुक्त कृष्ण बहादुर प्याकुरेल सवारी ज्यान मुद्दामा यही चितवनको खैरेनीबाट पक्राउ परी जिप्रका चितवनको हिरासतमा रहेको वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिनुभयो । सवारी ज्यान मुद्दा टुङ्गो लाग्नेबित्तिकै अभियुक्त प्याकुरेललाई पर्सा झिकाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
यसैबीच, असार २२ गते वीरगञ्ज महानगरपालिका–५ मा डेरा गरी बस्ने अंशु यादवको कोठाबाट रु एक लाख ६६ हजारभन्दा बढी मूल्यको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले स्थानीयवासी मुन्ना महतोलाई पक्राउ गरेको छ । यादवको कोठाबाट चोरी गरिएको ल्यापटप, बहुमूल्य साडी, ल्यापटपको एक्सटर्नल हार्डडिक्स, पानी तान्ने मोटर, मोबाइलफोन लगायतका सामान महतोको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रासस ९तस्बिर उपलब्ध छ०

प्रतिक्रिया दिनुहोस्