Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पत्रकार ढकालको उपचारका लागि सहयोग प्रदान



पत्रकार गुरुप्रसाद ढकालको उपचारका लागि नेपाल पत्रकार महासंघ, क्रियाशील पत्रकार मञ्च र प्रेस चौतारी नेपाल भक्तपुरले आर्थिक सहयोग प्रदान गरेका छन् ।महासंघले रु आठ हजार तथा क्रियाशील पत्रकार मञ्च र प्रेस चौतारी नेपालले संयुक्तरुपमा रु छ हजार गरी रु १४ हजार सहयोग गरेको हो ।

लामो समय पत्रकारिता गर्दै आएका ढकालको बानेश्वरस्थित निजामती अस्पतालमा उपचार भइरहेको छ ।

एकैसाथ कमलपित्त ‘जण्डिस’, अल्सर तथा हेपाटाइटिस भएर गम्भीर अवस्थामा उपचार गराइरहनुभएको ढकालको आर्थिक अवस्था कमजोर भएकाले पत्रकारसंग आवद्ध संस्थाले सो सहयोग प्रदान गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष एवं प्रेस युनियन भक्तपुर अध्यक्ष पुष्करराज बुढाथाकी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष सोम शर्मा बजगार्इं र क्रियाशील पत्रकार मञ्चका जिल्ला अध्यक्ष रमेश गिरीले पत्रकार ढकालको उपचारका लागि आर्थिक सहयोग गर्न आह्वान गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्