Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य चौकीलाई एक रोपनी जग्गादान



 इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेका छन् ।

पुवामझवा मुढेका रामबहादुर राईले स्व पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब एक लाख मूल्य पर्ने एक रोपनी जग्गा दान दिनुभएको हो ।

गाउँघर क्लिनिक सञ्चालनका लागि भवनलगायतका संरचना निर्माण गर्न राईले मुढेमा रहेको एक रोपनी जग्गा सोमबार पुवामझुवा स्वास्थ्य केन्द्रको नाममा रजिष्टे«शन पास गरिदिनुभएको स्वास्थ्य चौकीका अहेब तेजबहादुर सोडारीले जानकारी दिनुभयो ।

सञ्चारकर्मीसँग समन्वय गरिने

निर्वाचित प्रतिनिधिहरूले काम गर्दा जिल्लास्थित सञ्चारमाध्यमसँग प्रत्यक्ष समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनिधिहरूले स्थानीय तहमा काम गर्दा पारदर्शीता र जनताको प्रतिनिधित्व गरेर आफ्नो क्षेत्रमा आर्थिक विकास गर्नेसमेत बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ इलाम शाखाले आज आयोजना गरेको ‘स्थानीय तह र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा जनप्रतिनिधिहरूले सञ्चारमाध्यमको प्रत्यक्ष समन्वयमा नगर तथा गाउँपालिकाका योजना र विकासका कुरा अघि बढाइने बताएका हुन् ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले आफूले नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन सञ्चारकर्मीको सहयोग लिने बताउनुभयो । आफूले स्थानीय तहमा काम गर्दा पारदर्शी र निष्पक्ष रूपमा गर्नेसमेत बताउनुभयो ।

सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा भट्टराईले सञ्चारमाध्यम र स्थानीय तहका जनप्रतिनिधिले एकापसमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ, इलामकी अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका पूर्वअध्यक्षहरू रोहितचन्द्र भट्टराई, सटेन्द्र जवेगु, प्राध्यापक जसबहादुर लुङ्गेलीलगायतले नगरपालिकाले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्