Logo
|
Tuesday 16th April 2024
Logo

epaper

राजविराज र रुपनीका एकदर्जन औषधि पसल बन्द



औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ ।सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले जनाएको छ ।

फार्मेसी अधिकृत विजय कार्कीले दिनुभएको जानकारीअनुसार राजविराजमा रहेका अत्यन्त नाम चलेका अतुल फार्मेसी, लक्ष्मी मेडिकल हल, सिटी फार्मेसी, कृष्णा फार्मेसी र सङ्गीता मेडिकोलगायत र रुपनीमा रहेका औषधि पसल गरी एक दर्जन औषधि पसलमा औषधि बिनादर्ता र दर्ता नै नभएको र दर्ता भएको व्यवसायी नभई अर्कैले औषधि पसल सञ्चालन गरिएकाले यस्ता औषधि पसललाई बन्द गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्