Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य शिविरबाट एक हजार १०० जना लाभान्वित



 महोत्तरी जिल्लाको भङ्गहा गाउँपालिकामा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक हजार १०० जना लाभान्वित भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा भङ्गहा गाउँपालिकाको परडिया राष्ट्रिय निमाविमा सम्पन्न एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा ४४५ महिला र ६५५ जना पुरुषले विभिन्न रोगको उपचार गराएर लाभान्वित भएको सो कार्यालयले जनाएको छ ।

शिविरमा बिरामीलाई पञ्चकर्म, ल्याब, कार्मचिकित्सा, शल्य चिकित्सा, बाथरोग, छाला, दम्मा, रुघाखोकीलगायतका सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य केन्द्रका प्रमुख डा सुबोध मिश्रले बताउनुभयो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रबाट डा सिद्धार्थ ठाकुरको नेतृत्वमा आएको आठ जनाको चिकित्सक टोलीले बिरामीलाई उपचार गरेका थिए ।

त्यस्तै शिविरमा अभिपतकरचूर्ण, त्रिफला, सितोपलादी, हिंगवास्टकचूर्ण, रसनादीक्वाथलगायत विभिन्न ५० प्रकारका औषधि पनि निःशुल्क वितरण गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्