Logo
|
Saturday 27th July 2024
Logo

epaper

डोटी खुल्ला दिसामुक्त जिल्ला



डोटीलाई बुधबार एक औपचारिक समारोहबीच खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । देशभरकै एकचालिसौँँ जिल्लाका रुपमा डोटीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्ला सदरमूकाम सिलगढीमा भव्य सांस्कृतिक झाँकी र ¥यालीसहित सरोकारवालाको उपस्थितिमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरियो । सो समारोहमा उच्च अदालत दीपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् । राष्ट्रिय सरसफाई रणनीति–२०१० अनुसार सन् २०१७ भित्र राष्ट्रलाई नै खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने योजना तय गरिएको छ ।

सोही योजनाअनुसार सन् २०११ मा डोटी जिल्लाको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी रणनीतिक योजना तयार पारेर ५ वर्षभित्र अर्थात् सन् २०१५ भित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको थियो ।

साबिकका जिल्लाका ५० गाविस र एक नगरपालिकामध्ये अन्तिम गाविस÷नगरपालिकाका रुपमा गत वर्ष असार ८ मा दीपायल सिलगढी नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको थियो । त्यसपछि जिल्ला स्थानीय विकास अधिकारीको नेतृत्वमा रहने जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रभावकारी रुपमा काम नगर्दा एक वर्ष ढिलो गरेर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।

कार्यक्रममा जिल्लाको सरसफाइ प्रतिवेदन प्रस्तुत गर्दै क्षेत्रीय अनुगमन तथा सुरीवेक्षण कार्यालयका इञ्जिनियर तथा जिल्ला खानेपानी, स्वास्थ्य तथा सरसफाइ समन्वय समितिका सदस्य सचिव रमेश मण्डलले जिल्लाका शत्प्रतिशत घरधुरीमा शौचालयको व्यवस्था भएको बताए । उनले ९८ प्रतिशतले आफ्नै चर्पी बनाएको र दुई प्रतिशतले साझा शौचालय प्रयोग गर्ने गरेको बताएका छन । “निर्माण भएका शौचालयमा ९८ प्रतिशत सुधारिएका शौचालय छन्,” प्रतिवेदन सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “दुई प्रतिशत शौचालय अहिले पनि कच्ची छन् ।”

जिल्लाका ८८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानीको पहुँच पुगेको भए पनि दिगो र सुरक्षित खानेपानीको व्यवस्थापनमा ध्यान दिनुपर्ने समारोहका सहभागीले जोड दिएका छन् । जिल्लाका बजारहरु अहिले पनि दुर्गन्धित हुने गरेकामा जोड दिएका सहभागीले बजार क्षेत्रको सरसफाइमा ध्यान दिनुपर्ने पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्