Logo
|
Saturday 27th July 2024
Logo

epaper

मिर्गौला प्रकरण छानबिन सुरु



मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालको मिर्गौला प्रकरणलाई लिएर आजबाट छानबिन सुरु हुने भएको छ ।

घटनाको छानबिनको लागि स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ डां. पुष्पा चौधरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो ।

अस्पतालले नुवाकोटका ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला निकालेको घटना छानबिन गर्नको लागि समिति निमार्ण गरेको थियो , उक्त समितिले आजबाट काम सुरु गर्ने भएको छ ।
समितिका सदस्यहरुले मृर्गौला घटनाको छानबिनको लागि बिहिबार पत्र प्राप्त गरेका थिए । पत्र प्राप्त भए पछि बैठक बस्ने योजना बनाएको समितिले आजैबाट छानबिन समेत सुरु गर्न लागेको हो ।

डां. चौधरीको संयोजकत्वमा गठन गरिएको समितिमा मन्त्रालयका सहसचिव सनत केसी,मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी तथा शाखा अधिकृत रेवतीरमण शर्मा तथा नेपाल मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिस्ट डा.अनिल श्रेष्ठ सदस्य रहेका छन् ।

घटनालाई लिएर स्वास्थय मन्त्रालयले यही असार २५ गते चिकितसा सेवा महाशाखाबाट छानबिन समिति गठन गर्नका लागि आवश्यक गृहकार्य गरी स्वास्थ्य सचिव डा. किरण रेग्मीबाट स्वीकृत गराएको थियो ।

त्यस्तै ,व्यवस्थापिका संसद बैठकमा समेत मृर्गौला घटनालाई लिएर सांसदहरुले छानबिन समिति गठन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्