Logo
|
Friday 26th April 2024
Logo

epaper

युनिभर्सलले भर्ना लिने



युनिर्भसल मेडिकल कलेज भैरहवाले पीजी अध्ययनका लागि सिफारिसमा परेका विद्यार्थीलाई भर्ना लिने भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार सिफारिसमा परेका विद्यार्थीलाई भर्ना लिन लागेको हो ,जसको लागि कलेजले आज एक सूचना समेत जारी गरेको छ ।

गत १४ असारमा मेरिटको आधारमा भर्ना नगरेको र भर्नाका लागि चर्को शुल्क माग गरेको भन्दै सिफारिसमा परेका केहि विद्यार्थीले सर्वोच्चमा अदालतमा मुद्धा दायर गरेका थिए ।

सर्वोच्चले २१ असारमा प्रारम्भिक सुनुवाई गर्दै विद्यार्थी भर्ना गर्न कलेजका नाममा अन्तरिम आदेश दिएको थियो । तर कलेजले भने आदेशलाई वेवास्ता गदै आएको थियो ।

यसैबीच कलेजले भर्ना हुन बाँकी विद्यार्थीलाई भने भोलि सम्मको समय दिएको छ ।

भर्नाको विषयमा विवाद देखिए पछि सरकारले भने कलेजको सम्वन्धन नै खारेजी गर्ने सम्म चेतावनी दिएको छ ।
त्यस्तै पीजीमा भर्ना नलिएको विषयमा विवाद बढ्दै जाँदा चिकित्साशास्त्र तर्फका विभिन्न विद्यार्थी समूहले कलेज विरुद्ध आन्दोलन घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्