Logo
|
Friday 3rd May 2024
Logo

epaper

रेबिज बिरुद्धको खोप नयाँ तरिकाबाट लगाउन सुरु



शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले कुकुर लगायतका जनावरले टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आइतबारदेखि छालाभित्रसम्म मात्रै लगाउने तरिका अपनाइएको बताए।
पहिले पाखुराबाट भित्र मासुसम्म लगाउने गरिन्थ्यो । उनले भने ‘यो तरिका विदेशमा पहिलेदेखि नै प्रचलनमा छ, हामीले पनि धेरै अघि सुरु गर्ने सोच बनाए पनि विभिन्न कारणले सुरु गर्न सकिएको थिएन।’ अस्पतालका अनुसार पहिलेको तरिकाले १ एमएलको खोपले एक जनालाई हुन्थ्यो, अब भने यही खोप पाँच जनालाई लगाउन पुग्छ।

अस्पतालका वरिष्ठ अहेव सरिता गौतमले दुई वर्षभन्दा कम उमेरका बालबालिका, ज्येष्ठ नागरिक, शरीरको प्रतिरोधात्मक क्षमता कम भएका र कडा खालका रोग लागेका व्यक्तिलाई भने पुरानै तरिकाले मासुभित्रै सुई लगाउनुपर्ने बताइन्। पुरानो तरिकामा दुवै पाखुरामा ०.५ – ०.५ एमएल गरी १ एमएल लगाउर्ने पर्ने भए पनि नयाँ तरिकामा दुवै पाखुरामा ०.१ –०.१ गरी ०२ एमएल मात्रै दिइन्छ।

टेकु अस्पतालमा हरेक दिन १५० भन्दा बढी नयाँ बिरामी र करिब ५०० पुराना बिरामी रेविजविरुद्धको सुई लगाउन आउँछन्। जनावरले टोकेकै दिन, तीन, सात, १४ र २८ दिनमा रेबिजको सुई लाउनुपर्छ ।

नयाँ तरिकाले सुई लगाउँदा भने १४ औँ दिनमा लगाउनु नपर्ने डा पुनले बताए। अस्पतालको तथ्याङ्कअनुसार हरेक वर्ष रेबिजका कारण करिब १५ जनासम्म बिरामीको मृत्य हुने गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्