Logo
|
Thursday 18th April 2024
Logo

epaper

बाँकेका सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प



अस्पातलमा तोडफोड गरेको भन्दै नेपाल चिकित्सक संघ भेरी अञ्चल शाखाको आह्वानमा आजबाट बाँकेका सम्पूर्ण अस्पताल एवं स्वास्थ्य संस्थाहरुको आकस्मिक बाहेकको सेवा ठप्प परिएको छ । आज एक विज्ञप्ति जारी गदै चिकित्सक संघ भेरी अञ्चल शाखाले उक्त कुराको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गत असार २८ गते नेपालगञ्जको माँ जानकी अस्पतालका वरिष्ठ चिकित्सक डा. श्याम सुन्दर यादव तथा उहाँको परिवारमाथि धम्की दिने हातपात गर्न खोज्ने तथा अस्पतालको वातावरण माथि खलल पु¥याउने घटनाप्रति नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालयले घोर भत्र्सना गदै उक्त घटनालाई लिएर भेरी शाखाले गरेको आन्दोलनका कार्यक्रमप्रति नेपाल चिकित्सक संघ केन्द्रिय कार्यालयले एक्येवद्धता जाहेर गरेको छ । ’

चिकित्सक संघ भेरी अञ्चलले अस्पताल र डाक्टर माथि सांघातिक हमला हुदाँ पनि प्रशासनले कुनै कानुनी उपचार अगाडि नबढाएको भन्दै आन्दोलनस्वरुप सेवा ठप्प पारिएको बताएको छ ।
संघले घटनाका दोषी भन्दै पाँचजना विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा किटानी उजुरी दिएको थियो ।
अस्पताल तोडफोड र चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै महेस खतिवडा, कमल शाही , यादव बस्याल,कुष्माखर बस्याल, र संदीप सिंह लगायतको नाममा संघले उजुरी दिएको हो । तर, उजुरीमाथि प्रशासनले कुनै कार्वाही नगरेको संघले आरोप लगाएको छ । उनीहरुले स्वास्थ्य सेवा ठप्प हुँदा पर्ने असुविधाको जिम्मेवार स्थानीय प्रशासन नै हुने बताएका छन् ।

नेपाल चिकित्सक संघ भेरी अञ्चलले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्