Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

पूर्वराजा अस्पताल भर्ना



पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ ।

नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुग्नुभएको उहाँका स्वकीय सचिव फणिराज पाठकले राससलाई बताउनुभयो ।

प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्