Logo
|
Friday 29th March 2024
Logo

epaper

आँखा अस्पतालमा बिरामीको संख्या बढ्दै



केही दिनयता सप्तरीसहित पूर्वी तराईका जिल्लामा वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ ।

सदरमुकाम राजविराजदेखि दुई किलोमिटर उत्तरपट्टिमा पर्ने मलेठस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा आज÷भोलि दैनिक आँखा उपचारको बिरामी आउने गरेको जनाइएको छ ।

पछिल्लो पटक गर्मी र अविरल वर्षासँगै सप्तरीका विभिन्न खोलामा आएको बाढीका कारण आँखा पाक्नेजस्ता बिरामी अस्पतालमा भर्ना हुने गरेको पाइएको छ ।

अस्पतालमा अहिले आँखा पाक्ने, मोतिबिन्दुका साथै रतन्धोलगायत भाइरल केटावटीस, आँखामा घाउ हुने र अत्यधिक गर्मीका कारण आँखा चिलाउने जस्ता रोगका बिरामी दैनिक ४० देखि ५० जना भन्दा बढी बिरामी आउने गरेको अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता बिजली चौधरीले बताउनुभयो ।

सो अस्पतालमा प्रत्येक दिन बिरामी जाँच गरेपनि हाल बढेको गर्मी र वर्षाबाट प्रभावित बिरामी बढ्दै गएको स्वास्थ्य कार्यकर्ता चौधरीले बताउनुभयो ।

यसैबीच, सगरमाथा चौधरी आँखा अस्पताल राजविराजमा हप्तामा एक दिन शुक्रबारको दिन मोतिबिन्दुको शल्यक्रियासमेत गरिने गरेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्