Logo
|
Friday 26th April 2024
Logo

epaper

यसरी आँखा अगाडि राजाको मृत्यु भयो



आफ्नो बाबुको आँखा अगाडि छोराको मृत्यु हुँदा कस्तो फिलिङ होला भन्ने अन्दाज पनि गर्न सकिदैन । तर जनकपुर अञ्चल अस्पतालमा यस्तै भयो । ज्वरो आएर अस्पताल पु¥याइएका कैलाश मण्डलका छोरा राजा मण्डलको बाबुको आँखा अगाडि नै मृत्यु भएपछि कैलाशले मन थाम्न सकेनन् । नर्सलाई लठ्ठी प्रहार गरे । परिवारले स्वास्थ्यकर्मीको लापर्बाहीले छोराको मृत्यु भएको आरोप लगाएका छन् ।

धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोराको बिहीबार राति ३ बजे अस्पतालमा मृत्यु भएको हो । बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उक्त अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले जाँच गरेपनि भर्नाका लागि श्यया खाली नभएको भन्दै फर्काएका थिए तर बालकलाई च्याप्दै ल्याएपछि बेलुका ६ बजे फेरि सोही अस्पतालको अकास्मिक कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।

राति ९ बजे बालकको अवस्था नाजुक भएपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुबा कैलाशले पटकपटक छोरालाई हेरदिनुस् भनेर गुहार गर्दा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी अर्का बिरामी कुरुवा जुमेदा खातुनले बताउनुभयो । उहाँका अनुसार नर्सहरु मोबाइल चलाएर बसेका थिए । त्यसबेला काममा रहेका डा वैद्यनाथ ठाकुर भने कोठामा आराम गरेको नर्सले बताएका थिए ।

राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि नर्स नैनतारा साह आफैँले सुई लगाइदिएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको बाबु कैलाशको आरोप छ तर नर्स साहले भने सम्बद्ध चिकित्सकलाई सोधेर नै आफूले सुई लगाएको बताउनुभएको छ ।

आज बिहान ३ बजे राजाको मृत्यु भएपछि आक्रोशित कैलाशले नर्सलाई लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेर दुई घण्टापछि छोडेको थियो । अस्पताल प्रशासनले भने आफूहरुको लगातारको प्रयासका बाबजुद पनि बालकको मृत्यु भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्