Logo
|
Thursday 28th March 2024
Logo

epaper

पूर्व राजा ज्ञानेन्द्र स्वास्थ्योपचारपछि घर फर्किए



तस्विर सौजन्यः दिपेन श्रेष्ठ/ पहिलो पोष्ट

पूर्व राजा ज्ञानेन्द्र शाह स्वास्थ्योपचारपछि आज घर फर्किएका छन् । उनलाई लिन पूर्व रानी कोमल र पूर्व युवराज पारस शुक्रबार नर्भिक हस्पिटल पुगेका थिए । उनलाई पुष्प गुच्छा प्रदान गर्न अस्पतालका डाक्टर, नर्सलगायत उहाँका धेरै शुभचिन्तक अस्पताल पुगेका थिए ।

गत बुधबार शाहको एन्जिओप्लाटी गरेर बायाँ भागको मुटुको नशा खोलिएको थियो । अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. यादव भट्टको नेतृत्वमा ८० प्रतिशत बन्द भएको मुटुको नशामा स्टैण्ड राखेर मुटुको रक्तसञ्चार सहज बनाइएको थियो । नियमित जाँचका क्रममा एक हप्ता अघि टिमटि गर्दा राम्रोसँग मुटुमा रगत सञ्चालन नभएको देखिएपछि एन्जिओग्राम गर्दा बायाँ भागको मुटुको नशा बन्द भएको पत्ता लागेको थियो । बन्द भएको मुटुको नशा खोल्न पूर्व राजा शाह सोही दिन बिहान नर्भिक हस्पिटल पुग्नुभएको थियो । शाह तीन दिन जति अस्पतालमा आराम गरेर घर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्