Logo
|
Wednesday 24th April 2024
Logo

epaper

डा.केसीलाई आग्रह



आफना माग पुरा नभएको भन्दै एघारौं पटक अनसनको तयारी थालेको त्रिवि शिक्षण अस्पतालका प्राडा. गोविन्द कसीलाई विधर्थीहरुले आफूहरुले उठाएको मागमा समर्थन गर्न आग्रह गरेका छन् ।

महाराजगञ्ज मेडिकल क्याम्पस स्ववियुको अगुवाईमा विद्यार्थीहरुले एमबीबीएसमा भएको अनियमित भर्ना, पीजीमा आरक्षण, कम्युनिटी पोष्टिङ तथा मेरिट लिष्टको आधारमा पीजीमा भर्ना गर्नुपर्ने लगायत ६ सुत्रीय माग अघि सारेका छन् ।
माग पुरा नगरेको भन्दै आइओएम डीन प्राडा जगदीश अग्रवालको कार्यकक्षमा तालाबन्दी समेत गरेका विधर्थीहरुले शैक्षिक सुधारका लागि आफूहरु निरन्तर लडिरहने बताएका छन् ।

आफूहरुको मागलाई डा.केसीको समर्थन रहने आशा गरेको विधार्थीहरुले बताउनु भएको छ ,तर डा. केसीले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिनु भएको छैन ।
सरकारले आफनो मागको वेवास्ता गरेको भन्दै डा.केसीले भोलि देखि अनसन सुरु गर्ने तयारी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्