Logo
|
Thursday 18th April 2024
Logo

epaper

घिमिरेलाई तीन लाख सहयोग



 बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई आइतबार रु तीन लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

विसं २०६१ फागुनमा बाँसको रूखबाट लडेर घाइते भएपछि दाढदेखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जीवन बिताइरहेका घिमिरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिको पहलमा संकलित रु तीन लाख आठ हजार ९२५ हस्तान्तरण गरिएको हो ।

घिमिरेको निवासमा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुँवरले राजनीतिक दलका प्रतिनिधि र आफन्तको रोहवरमा विदेशबाट प्राप्त रु दुई लाख ९० हजार ७२४ को भौचर र स्थानीय स्तरमा संकलित रु १८ हजार २०१ नगद हस्तान्तरण गर्नुभयो ।

देवेन्द्र घिमिरेको अगुवाइमा सञ्चालित कृष्ण घिमिरे सहयोग संकलन अभियानमा दुबईमा प्रदीप सुवेदी, जापानमा राजकुमार कार्की, दक्षिण कोरियामा काशीराम घिमिरे र भूमिराज कार्की, साउदी अरबमा सुनिल सापकोटा, अस्टे«लिया, इजरायल र अमेरिकामा दानेन्द्र थापा तथा बहराइनमा भरत रत्नले समन्वय गर्नुभएको थियो । अपाङ्गता भएका घिमिरेको जीविकोपार्जन, औषधि उपचार र सन्तानको शिक्षामा सघाउ पु¥याउनका लागि प्राप्त भएको रकम उनी, श्रीमती र कान्छा छोराको नाममा रहेको बैंक खातामा जम्मा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्