Logo
|
Thursday 25th April 2024
Logo

epaper

सुत्केरीका लागि स्वास्थ्य संस्थामा जानेक्रम बढ्दो



घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् ।स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका हुन् ।

जिल्लाको दक्षिणी भेगका महिला घरमै सुत्केरी हुने गरेकामा अहिले तराई भेगका ९२ प्रतिशत महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय, नवलपरासीले जनाएको छ । विशेष गरी महिला आफ्नो पायक पर्ने सरकारी र निजी स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेको पाइएको छ ।

घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तराई भेगका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको पहुँच रहे पनि जिल्लाको पहाडीक्षेत्रका हुप्सेकोट र बुलिङ्टार गरी दुई गाउँपालिका ९साविक १३ गाविसमा० रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीलाई धेरै समस्या झेल्नु परेका छन् ।

त्यस क्षेत्रका अधिकांश स्वास्थ्य चौकी तल्लो तहका कर्मचारी वा कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् । बिरामीले गाउँमै स्वास्थ्य सेवा पाउन नसकेपछि स्थानीयवासी कावासोती, गैँडाकोट, चितवनलगायतका स्थानमा उपचार गराउन जान बाध्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्