Logo
|
Friday 29th March 2024
Logo

epaper

अस्पतालको शय्याबाटै जीवनरक्षाको अपिल



 म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी पारमायाँ पाइजाले आफ्नो जीवनरक्षाका लागि अस्पतालकै शय्याबाट सहयोगको याचना गरेकी छिन् ।

आन्द्राको क्यान्सरबाट पीडित भई भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत पाइजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाइ आइपरेपछि यस्तो याचना गरेकी हुन् ।

विगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाइजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भए पनि आर्थिक अभावले उपचार प्रभावित भइरहेको उनका श्रीमान् पाइजाले बताउनुभयो ।

“उपचारका लागि श्रीमतिलाई अस्पतालमा भर्ना गरेका छौँ, अहिले दैनिक रु १० देखि १५ हजारसम्म न्यूनतम खर्च हुँदै आएको छ, उपचार महँगो भएकाले खर्च जुटाउन सकेको छैन” – पाइजाले भन्नुभयो ।

पारमायाँलाई क्यान्सरको शल्यक्रियाका लागि किमो चढाएर उपचार गर्न थालिएको छ । खाना खाएपछि बान्ता हुने समस्या बढेपछि विभिन्न अस्पताल हुँदै पारमायाँलाई गत असारमा मात्रै भक्तपुर क्यान्सर अस्पतालमा पु¥याइएको थियो ।

दुई वर्षदेखि सो समस्याबाट पीडित भए पनि पोखराका विभिन्न अस्पतालमा उपचार गर्दा अहिलेसम्म झण्डै रु साढे पाँच लाख सकिइसकेको उनका परिवारले जनाएको छ ।

कृषि पेशाबाट जीविकोपार्जन गर्दै आएका पाइजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापटसमेत गरेर जुटाएका छन् । आन्द्रामा भएको क्यान्सरको शल्यक्रियामार्फत उपचार गर्नुपर्ने भएकाले थप लाखौँ खर्च लाग्ने भएपछि उनीहरुले सबै क्षेत्रबाट सहयोगको याचना गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्