Logo
|
Friday 29th March 2024
Logo

epaper

पथरी अस्पतालको नयाँ भवनबाट सेवा



पथरीशनिश्चरे – १ स्थित पथरी बजारमा स्थापित पथरी हस्पिटलले चार वर्षमा नयाँ भवन बनाई आफ्नो सेवा सुरु गरेको छ ।

सो हस्पिटलले शुक्रबार सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राई र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत हरि खत्रीले भवनको उद्घाटन गर्दै हस्पिटलले प्रभावकारी उपचारका साथै विपन्नलाई निःशुल्क हिस्सा बढाउन सुझाव दिनुभयो । पहिले भाडाको भवनमा हस्पिटल सञ्चालन गरिएको थियो ।

विसं २०७० मा स्थापित सो हस्पिटलले स्थानीयवासीको साथ र समर्थनसहित नर्सिङ कलेजसमेत सञ्चालनको योजना ल्याएको हस्पिटलका अध्यक्ष देवीप्रसाद रिजालले बताउनुभयो । रु १० करोडको लागतमा आठ लगानीकर्ताबाट जग्गासहित नयाँ भवन तयार पारेको हस्पिटलले नगर र आसपासका क्षेत्रका लागि थप प्रभावकारी सेवा दिँदै जाने प्रतिबद्धता जनाएको छ । पन्ध्र शय्याको सो हस्पिटल २५ शैया सञ्चालनका लागि प्रक्रियामा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्