Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

तारापुर शिविरमा बिरामीको संख्या उच्च,उपचारमा लैजान मानिसको अभाव



कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको तारापुर शिविरका अधिकांश व्यक्ति बिरामी परेका छन् ।१३० परिवारका ७० जना बढी व्यक्ति बिरामी परेका हुन् ।

शिविरमा रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिकलगायतका बिरामीमा एक साता अघिदेखि झाडापखाला, ज्वरो, जोर्नी दुख्ने, बान्ता हुने, शरीर चिलाउने, ठूल्ठूला फोका उठनेजस्ता लक्षण देखिएकोे शिविरका नरिभान ढुङ्गालले बताउनुभयो ।

“शिविरमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै रहेका र कमाइ गर्न युवा भारतलगायत शहरी क्षेत्रमा रहेकाले उपचारका लागि लैजाने व्यक्तिसमेत नहुँदा समस्या देखिएको छ” उहाँले भन्नुभयो ।

धेरै परिवारका बिरामी परेकासँग उपचारका लागि खर्चको अभाव हुँदासमेत झोपडीमै रोग सहेर बस्नुपरेको उहाँको भनाइ छ । “बिरामी परेकाको उपचारमा समस्या देखिएपछि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखलाई उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छौँ” परमलबहादुर ऐडीले भन्नुभयो ।

चाँडै औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइ उपचारमा सघाउ पु¥याउने अश्वासन दिनुभएको उहाँले बताउनुभयो ।

लामखुट्टे भगाउन धुवाँको प्रयोग
शिविरमा बस्दै आएका परिवारले रातभर दाउरा, गुइँठाको प्रयोग गरी धुवाँ बनाइ लामखुट्टे भगाउने कार्य गर्दै आएका छन् । लामखुट्टको टोकाइबाट बच्चालाई बचाउन झुल नहुँदा उनीहरुले वैकल्पिक उपाय धुवाँ अपनाउँदै आएका हुन् ।

मजदुरी गरेको पेशाले साँझ बिहानको छाक टार्नमै ठिक्क हुने भएकाले झुल किन्न नसक्दा धुवाँको सहारा लिनु परेको ढुङ्गेलले बताउनुभयो । धुवाँका कारण अधिकांश शिविरमा बसोबास गर्दै आएका परिवारमा खोकीलगायतको स्वासप्रस्वासको समस्या समेत देखिएको छ । यसबाट बालबालिका र महिला बढी प्रभावित भएका छन् । झुल उपलब्ध गराउन विभिन्न निकायमा पुग्दा समेत सुनवाइ नभएको शिविरमा बस्दै आएका परिवारको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्