Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेम्वाङको स्वास्थ्यमा सुधार, साँझ घर पठाइने



नेकपा (एमालें) का संसदीय दलका उपनेता सुवास नेम्वाङको स्वास्थ्य सुधार भएको छ ।
चिनीको मात्रा एक्कासि बढेपछि प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचारार्थ भर्ना हुनुभएका नेम्वाङको स्वास्थ्यमा सुधार आएको पार्टीका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यमा सुधार आए पनि उहाँलाई आज दिनभर अस्पतालमा नै राखिने र साँझ घर पठाइन सकिने सम्भावना भएको उहाँले बताउनुभयो । डा आरडी जोशी नेम्वाङको उपचारमा संलग्न हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्