Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोशीमा रेबिज सुई अभाव हट्यो



कोशी अञ्चल अस्पताललाई  ३ सय ६० भाइल एआरभी रेबिज इन्जेक्सन प्राप्त भएको छ । यो सँगै कोशी अञ्चल अस्पतालमा केही समयका लागि कुकुरले टोकेपछि लगाइने इन्जेक्सनको अभाव हटेको छ । विगत १ महिनादेखि कुकुरले टोकेपछि लगाइने इन्जेक्सन एआरभीको कोशी अञ्चल अस्पताल विराटनगगरमा अभाव भएको थियो ।
कुकुरले टोकेपछि लगाइने इक्जेक्सनको अभाव भएपछि गरिब तथा विपन्न मारमा परेका थिए । सूचना टाँस गरेर अस्पतालले इन्जेक्सन अभाव भएको जनाएको थियो । आजबाट अभाव हटेको अस्पतालले जनाएको छ । आज मात्र ३ सय ६० भाइल कुकुरले टोकेपछि लगाइने औषधि एआरभी प्राप्त भएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो । कोशी अञ्चल अस्पतालमा मासिक ७ सय ५० भाइल मात्र कुकुरले टोकेको इन्जेक्सन उपलब्ध हुने गरेको छ ।
अस्पतालका अनुसार एकजना व्यक्तिलाई ३ देखि ५ वटा भाइल लगाउनुपर्छ । यो इन्जेक्सन कुकुरले टोकेको २४ देखि ४८ घण्टासम्ममा लगाइसक्नुपर्छ ।
एउटा इन्जेक्सनलाई ५ रुपैयाँदेखि ६ सय पर्ने अस्पतालले जनाएको छ । दैनिक २० देखि ३० जना कुकुरले टोकेका बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्