Logo
|
Friday 29th March 2024
Logo

epaper

 मेनेन्जाइटिसबाट ग्रसित डिना वाङदेल रहिनन्



कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डिना वाङदेलको मंगलबार अमेरिकामा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार रुघाखोकी बिग्रिएपछि वाङदेलको शल्यक्रिया गरिएको थियो । उपचाररत अवस्थामा मेनेन्जाइटिसबाट ग्रसित उनको मंगलबार नेपाली समयअनुसार बिहान ११ः३० बजे निधन भएको हो ।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयले वाङदेललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो । उनी ५ वर्षदेखि कतारमा कार्यरत हुनुहुन्थ्यो । ५४ वर्षीया वाङदेल प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान हुन्। डिनाकी आमा, श्रीमान् दिवाकार र दुई छोरा छन् ।
कलाकार अस्मिना रञ्जितले डिनाले नेपाली कला क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन् । ‘यो खबरले हामीलाई निकै ठूलो चोट परेको छ,’ रञ्जितले भनिन्, ‘हामीलाई पत्याउनै मुस्किल परिरहेको छ ।

कान्तिपुरबाट

 

प्रतिक्रिया दिनुहोस्