Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आफै रगत दिएर बिरामी बचाउदै चिकित्सक



गौमुल गाउँपालीका २ बस्ने २० वर्षिया गिता रोकाया रक्क्तअल्पताले समस्याले जिल्ला अस्पतालमा भर्ना भईन् । अस्पतालमा भर्ना भए सँगै डाक्टर टिकाराम राईले चेकजाँच गरे । गिताको शरिरमा रगतको मात्रा एकदम कमै भएको थियो ।

गिताका आफन्तलाई रगत चाहीयो खोज्नुहोस भनेर डा. राईले भने । तर कतै रगत नदिने नपाएपछि डाक्टर टिकाराम राईले आफै रगत दिए । विरामीको दिशा, पीसाव, नाक, मुख बाट रगत बगीरहेको छ । विरामीलाई चाहीने भन्दा एकदमै रगतको मात्रा कम भएको छ । एक प्वाईन्ट रगत डा. राईले दिए । गितालाई अझै रगत आवश्यक छ । उनलाई ए पोजेटिभ रगत आबश्यक रहेको अस्पतालले वताएको छ । डा. टिकाराम राईले बिरामीको उपचार मात्र गरेनन् उनलाई रगत दिएरनै बचाएका छन् ।

त्यस्तै गएको महिना बुढिनन्दा नगरपालिका ७ पाण्डुसेनकि २९ बर्षिय शारदा कडारा सुत्केरी हुन नसकि जिल्ला अस्पताल बाजुरामा आफन्तले पुयाए । जिवनमरणको दोसाधमा रहेकि शारदाको बच्चा पेटमै मरीसकेका कारण उनको पेट बाट अप्रेशन मार्फत चिकित्सकले बच्चा निकाले र आमालाइ बचाउन सफल भए । अप्रेसन गरेका कारण उनलाई रगतको आबश्यकता परेकी शारदालाई कतै रगत नपाईएपछि जिल्ला स्वास्थ्य कार्यलयमा कार्यरत सिअनमि धनकला खड्काले रगत दिएर बचाएको अस्पताले जनाएको छ ।

त्यस्तै गौमुल गाँउपालिका ६ बस्ने १८ बर्षिय निरा रोकाया केही दिन पहिला जिल्ला स्वास्थ्य कार्यलयमा उपचारमा आईन्, । उनमा रगतको मात्रा २ प्वान्ट मात्र हेमोगोलोबिनको रहेको थियो । उनलाई पनि आफन्तले रगतका लागि सबै ठाँउ खोजे कोही दिने नभेटिएपछि अन्तमा जिल्ला स्वास्थ्य कार्यलयमा कार्यरत कर्मचारीले रगत दिएर बचाए । कार्यलयमा कार्यरत नायब सुब्बा नारायण श्रेष्ठ र कम्पुटर अप्रेटर मान बहादुर हमालले रगत दिएको कार्यलयले वताए । यी केही उदाहरण भए जिल्ला स्वास्थ्य कार्यलयमा रगत आबश्यक परेका बिरामीलाई स्वास्थ्यकर्मी रगत दिएर बचाउदै आएका छन् ।

बाजुरा जिल्लामा बलोड बैङ्क नुहँदा सुत्केरी र विरामीलाई निकै समस्या भएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि बलोड बैङ्क नहुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ । जिल्ला स्वास्थ्य कार्यलयमा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेशन सेवा सञ्चालनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको डा. टिका राईले वताए ।

रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले वताए । उपचार मात्र हैन रगत दिएर बिरामी र सुत्केरी बचाउदै आएको उनले थपे । एक बर्ष यता मात्र २२ जना स्वास्थ्यकर्मीले बिरामीलाई रगत दिएको जिल्ला स्वास्थ्य कार्यलयका सुचना अधिकारी रमेश कुवरले वताए ।
अस्पतालमा बलोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा बलोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ ।

गएको बर्ष मात्र ब्लोड बैंक स्थापनाका लागि जिविस बाजुराले सांसद विकास कोष मार्फत जिल्ला रेडक्रस सोसाईटिलाई १५ लाख दिएको थियो । तर अहिले सम्म ब्लोड बैंक स्थापना हुन सकेको छैन्, केही महिनामा सञ्चालन ल्याउन लागेको रेडक्रस सोसाईटि बाजुराका मन्त्रि राम बहादुर शाहिले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्