Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोभिड संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । चौतर्फी आलोचना र दवाबपछि मन्त्रिपरिषद्ले सोमबार (कात्तिक २५) सो निर्णय गरेको हो । यस सम्बन्धि तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको जनाइएको छ ।

कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो । सरकारले भने सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकनका लागि निवेदन दिएको थियो । तर सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाएपछि अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएको थियो ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्