Logo
|
Thursday 5th August 2021
E-paper Magazine

नेपालीलार्इ भारतमा अंग प्रत्यारोपण गराउन सास्ती



 

नेपालबाट भारतको चन्डीगढस्थित म्याक्स अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउन आएका एक बिरामी भारतस्थित नेपाली दूतावासबाट अनिवार्य लिनुपर्ने नो अब्जेक्सन सर्टिफिकेट (मानव अंग प्रत्यारोपणका लागि अनुमतिपत्र) लिन नसक्दा समस्यामा परे ।

भारतमा मानव अंग प्रत्यारोपण गराउन नेपाली दूतावासको अनुमतिपत्र अनिवार्य हुन्छ । तर, कागजात अपुग भएको भन्दै दूतावासले उनलाई अनुमतिपत्र दिन आनाकानी गरेको थियो । नेपालबाटै प्रक्रिया पु¥याएर ल्याउनुपर्ने कागजातमध्ये परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित काउन्सिलर सेवा विभागको अनुमतिपत्र अपुग भएको भन्दै उनलाई फर्काइएको रहेछ ।

दाङबाट उपचारका लागि आएका ती बिरामीले काउन्सिलर विभागको अनुमतिका लागि कागजात स्क्यान गरेर पठाएको बताए । ‘तर विभागले ओरिजिनल डकुमेन्ट नै मागेको छ, कुरियर गरेर पठाउनुपर्ला’, उनले भने । दूतावासको अनुमतिपत्र लिन उनी दुई दिदी, दाइ र सालाका साथ दूतावास पुगेका थिए ।‘चार महिनाअघि एउटा मात्रै मिर्गौला सक्रिय रहेको र त्यसले पनि ८० प्रतिशत काम गर्न छाडेको थाहा भयो’, उनले भने । नियमित डायलासिस गराउँदै आएका उनी फुपूकी छोरीको मिर्गौला म्याच भएपछि उपचारका लागि चण्डीगढ आएका हुन् ।

केही महिनाअघि १४ वर्षे छोरीको कलेजो प्रत्यारोपणका लागि आएका एक अभिभावकले पनि नो अब्जेक्सन लेटर लिन २०÷२५ दिन कुरेको अनुभव सुनाएका थिए । दूतावासबाट यो पत्र लिन अन्य कागजातका साथै नेपालको स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा मेडिकल बोर्डको सिफारिससमेत अनिवार्य हुन्छ । ‘पर्याप्त कागजात पुगेको छैन भने हामीले दिन मिल्दैन । मानव अंग प्रत्यारोपणमा हुने तस्करी नियन्त्रणका लागि पनि यसमा कडाइ गरिएको हो तर कागजात पुगेको छ भने तत्कालै त्यस्तो सर्टिफिकेट बनाइदिन्छौं, बढीमा एक दुई घन्टा लाग्छ’, ती अधिकारीले दाबी गरे ।

नेपालमै कागजातबारे थाहा नपाउँदा सास्ती पाएको बिरामी बताउँछन् ।

मिर्गौला प्रत्यारोपणको उपचार नेपालमै सुरु भइसके पनि नेपालको स्वास्थ्य सेवाप्रति विश्वास नगरी भारत आउने बिरामीको संख्या कम छैन । एनओसीका लागि दूतावासमा महिनामा ३(४ बिरामी आए पनि कागजात नपुगेर त्यत्तिकै फर्कन बाध्य हुन्छन् ।

दूतावासका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा ४१ बिरामीले नो अब्जेक्सन सर्टिफिकेट लिएका थिए भने अघिल्लो आर्थिक वर्ष २९ जनाले लिएका थिए । तीमध्ये ६० प्रतिशत मिर्गौला प्रत्यारोपणका लागि आएका थिए भने ४० प्रतिशत कलेजो प्रत्यारोपणका लागि । अपवादका रूपमा बोनम्यारो प्रत्यारोपणको ‘केस’ अपवादमा मात्रै आउँछ । पछिल्लो दुई वर्षमा एउटा मात्र त्यस्तो बिरामी आएको दूतावासका अधिकारी बताउँछन् ।

समस्या कहाँ छ ?

जिल्लाबाट आउने बिरामीको हकमा नाता प्रमाणित कागजातमा समस्या आउँछ । नेपालमै कागजातबारे थाहा नपाउँदा सास्ती पाएको बिरामी बताउँछन् । ‘यति कुरा नेपालमै भनिदिएको भए अहिले यत्रो दुःख हुँदैनथ्यो’, दूतावासमा भेटिएका एक मिर्गौला बिरामीले भने, ‘उताबाट चाहिँ यति कागजात भए पुग्छ भनिदिए । होला भनेर आयौं । तर, अहिले समस्या भयो ।’

काठमाडांैबाट आउने बिरामी भने काउन्सिलिङको समस्या नै प्रमुख भएको बताउँछन् । इन्टरनेटको प्रयोगसँगै कम समयमा काम सकिनुपर्नेमा जिल्लाको समस्या अलग्गै छ । नाता प्रमाणित गर्न दूतावासले जिल्लामा इमेल तथा फ्याक्सबाट पत्राचार गरे पनि जिल्लाका कर्मचारीले हामी त फ्याक्स र इमेल हेर्दैनौं भन्दै फर्काउने गरेको बिरामीका आफन्त बताउँछन् ।

आवश्यक कागजात के हो ?

.मेडिकल बोर्डको सिफारिस
. बिरामी र अंगदाताको नाता प्रमाणित प्रमाणपत्र
. स्वास्थ्य मन्त्रालयबाट नो अब्जेक्सन लेटर
. मिर्गौला र कलेजो दिनेको मञ्जुरीनामा
. अंगदाताको परिवारको मञ्जुरीनामा
. कागजातका कन्सुलर सेवा विभागबाट प्रमाणित अंग्रेजी कपी
. कन्सुलर सेवा विभागको सिफारिसपत्र
. बिरामी र दाताको फोटो

अन्नपूर्णपोस्टबाट 

प्रतिक्रिया दिनुहोस्