Logo
|
Wednesday 24th April 2024
Logo

epaper

क्यान्सर पीडित छोरालाई बचाइदिन बाबुले गरे आग्रह



ब्लड क्यान्सर भएका आफ्ना छोरा विवेकलाई आर्थिक सहयोग गरिदिन भोजपुर टक्सारका गोपाल आचार्यले शुभेच्छुकहरुलाइ अनुरोध गरेका छन् । विगत नौ महिनादेखि गोपालले छोरा विवेकलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन ।

पीडित विवेकका बाबु गोपाल आचार्यले उपचारका क्रममा रकम अभाव हुदै गएकोले आर्थिक सहयोग गरिदिन अनुरोध गरेका हुन । उनले विवेक आचार्य खत्रीको नाममा ग्लोबल आइएमइ भरतपुर शाखाको १८०७०१०००८६४९ खाता नम्बरमा आफुले सकेको रकम सहयोग गरिदिन सुभेच्छुकहरुलाई आग्रह गरेका छन ।

पिडितका बावु गोपाललाई ९८१०१९००५५ नम्बरमा सम्पर्क गर्न सकिन्छ । भोजपुर सेवा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले विवेकको जीवन रक्षाका लागि आफुले सकेको रकम सहयोग गरिदिन आग्रह गरेका छन् ।
अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्