कब्जियत तथा क्यान्सर रोगको समस्या छ भने तपाँइले अमलाको प्रयोग गर्न सक्नु हुन्छ । भिटामिन ‘सि’ को मुख्य स्रोत मानिने अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ ।
सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।
विशेषज्ञका अनुसार, प्रत्येक दिन अमला तथा यसको जुस खानाले पेट सफा गर्ने हुनाले तपाँईमा देखापरेको कब्जियत तथा पेटका समस्याहरु पूर्ण रुपमा समाधान हुन्छ ।
अहिलेको अवस्थामा क्यानसर रोग नौलो मानिदैन तर यो रोग लागेको खण्डमा भने अमला प्रयोग गर्दा अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सनोजेनिक सेल्सलाई बन्न रोक लगाँउछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।
वैज्ञानिक नाम भने ‘फिल्यान्थश इम्बीलिका लिन’ भएको अमलाका के के छन् त
फाइदाहरु हेर्नुहोस्ः—
- प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।
- अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।
- अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।
- अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन।
- अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।
- दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
- अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।
- दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
पोषण
बीउको तेल सेवनले स्तन क्यान्सरको जोखिम बढाउन सक्छः अध्ययन
आइतबार, भदौ १५, २०८२
टुसा उम्रेका आलु, प्याज र लसुन खाने कि फाल्ने ? वैज्ञानिकको सुझाव यस्ता छन्
सोमबार, जेठ २६, २०८२ट्रेन्डिङ
