Logo
|
Saturday 27th April 2024
Logo

epaper

यी हुन् स्वस्थ रहन महिलाले खानैपर्ने भिटामिन !



मिरा शाह, आहार तथा पोषण विशेषज्ञ 

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा महिला, बालबालिका एवं जेष्ठ नागरिकहरु अझैपनि उचित स्वास्थोपचार र पोषण पाउनबाट बञ्चित छन् । महिलाहरु आफ्नो स्वास्थ्यप्रति त्यति चासो दिँदैनन् । अझैपनि घरका मुखिया वा ठुलाबडाले खाना खाइसकेपछि मात्र अन्तिमा खाना खाने चलन छ ।


महिलाहरू मधुमेह, उच्च रक्तचाप , थाइराइड, भिटामिन बी, बी ६, बी १२, भिटामिन डी, सी, मोटोपना, स्तन क्यान्सर , पाठेघरको मुखको क्यान्सर , मेनोपज, एप्निया (निन्द्रा नलाग्ने) हाड खिइँने, कमजोर हुने, ढाँड दुख्ने जस्ता अनेकन समस्याबाट पीडित भएको हुन सक्छ ।

कतिपय रोगबारे परिवारका सदस्यहरुलाई थाहा समेत हुँदैन । थाहा भए पनि वास्ता गर्दैनन् । कामकाजि महिलाहरु अझ दोहोरो कामको बोझले थिचिएका हुन्छन् ।


वस्तवमा महिला स्वंयम् आफ्नो स्वास्थ अवस्थाबारे सचेत हुनुपर्छ । कुनै रोग वा स्वास्थ्य समस्या भए तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । आफूखुशी जथाभावी औषधी सेवन गर्नुहुँदैन । शारिरिक, मानसिक, उमेर र रुचि अनुसार काम गर्नुपर्छ । महिलाहरुले आफ्नो दैनिक जीवनमा सन्तुलित भोजन समाबेश गर्नुपर्छ ।

स्वस्थ शरीरका लागि भिटामिन अत्यावश्यक मानिन्छ । भिटामिनले विभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । अमेरिका स्थित एउटा रोग नियन्त्रण केन्द्रका अनुसार भिटामिनमा सुक्ष्म पोषक तत्व एवं खनिज पदार्थ पाइन्छ, जसले महिलाको हर्मोन, तन्तु, रक्त कोषिकाहरुको वृद्धि विकासमा मद्दत पुर्याउँछ ।

भिटामिन र यसका स्रोत
भिटामिन ए
भिटामिन ए ले आँखा, छाला, हड्डी र तन्तु आदिलाई फाइदा गर्छ । पहेँलो फलफूल र तरकारी भिटामिन ए का मुख्य स्रोत हुन् । गाँजर, फर्सि, मेबा, आप, आरु र खुर्पानीलाई दैनिक भोजनमा समाबेश गर्न सकिन्छ ।

भिटामिन बी १ (थाइमिन)

भिटामिन बी १ ले शरिरको मेटाबोलिज्म र चिल्लो पदार्थलाइ शक्तिमा परिणत गर्ने काम गर्छ । चिल्लो रहित मासु, बदाम, बिउहरु , ओटस, चोकर सहितको पिठो र अन्न भिटामिन बी १ का मुख्य स्रोत हुन ।

भिटामिन बि (राइबोफ्लाविन)
भिटामिन बि ले विभिन्न किसिमका रोग सँग लड्ने शक्ति, क्षमता र सुरक्षा प्रदान गर्छ । दूध तथा दूधबाट बनेका परिकार, दही, पनीर, ओखर र हरियो सागपात भिटामिन बि का मुख्य स्रोत हुन ।

भिटामिन बि ३ (नाइसिन)

भिटामिन बिले मुटु र यसका धमनिलाइ बचाउने काम गर्छ । गेडागुडी, दाल, माछा र अण्डा भिटामिन बि ३ का उत्तम स्रोत हुन ।
भिटामिन बि ५ (पान्टोथेनिक एसिड)

यसले हर्मोन उत्पादन गरेर रोगसँग लड्ने शक्ति प्रदान गर्छ । साथै शरीरमा शक्तिको सञ्चालन गर्छ । ब्रो काउली, चकलेट र सखरखण्ड भिटामिन बि ५ का प्रमुख स्रोत हुन ।

भिटामिन बि ६ (बायोटिन)
यसले हाम्रो शरिरको मेटाबोलिजमका साथै छाला, कपाल , तन्तुलाई चाहिने हार्मोन उत्पादन गर्छ ।

भिटामिन बि ९
(फोल्याट) यसले स्नायू प्रणलीलाई नियमित कार्य गर्न सहयोग पुर्याउँछ ।
भिटामिन बि १२ (कोबालामाइन) यसले रातो रक्तकोषिका, स्नायु ग्रन्थिलाइ स्वस्थ राख्ने काम गर्छ । समुन्द्री माछा, गङगटो , अण्डा , दूध , आदिमा पाइन्छ ।
भिटामिन सी
भिटामिनले शरीरको तन्तु, छालाको सुरक्षासम्बन्धी तन्तु उत्पादन गर्ने काम गर्छ । यो भिटामिन अमिलो फलफूल र तरकारी सागपातमा प्रशस्त पाइन्छ । अमला, सुन्तला, कागति र अमिलो फलफुल भिटामिन सीका मुख्य स्रोत हुन । आदि हुन।

भिटामिन डि र क्याल्सियम
यसले हाड्डीलाई बलियो र रोग प्रतिरोधात्मक क्रियालाई संचालन गर्ने काम गर्छ । अण्डाको पहेँलो भाग, दूध, दही , चीज तैलिय सामुद्रिक माछा, ओरेन्ज जुस, ओटस , बिफ लिभर आदि भटामिन डि र क्यल्सियमका मुख्य स्रोत हुन ।

भिटामिन के
भिटामिन के स्वास्थ मुटुको लागि अत्यावश्यक मानिन्छ । पालुङो, फर्सिको मून्टा, कुखुराको मासु, बिफ लिभर, हरियो सिमि, राजमा, खुर्पानी, सोयाबिन तेल र बन्दामा भिटामिन के प्रशस्त मात्रामा पाइन्छ ।

This image has an empty alt attribute; its file name is Vitamin-K-768x427.jpg


भिटामिन एम (मेलाटोनिन)
भिटामिन एम अनिन्द्राको समस्याका भएका व्यक्तिका लागि महत्वपुर्ण भिटामिन मानिएको छ ।

अमेरिका स्थित रोग नियन्त्रक तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा ७० प्रतिशत व्यक्तिहरुमा अनिन्द्राको समस्या देखिएको छ । दूध, पिस्ता, चेरि, ओटस , च्याउ, तैलिय माछा , मकै र सिमी आदि भिटामिन एमका मुख्य स्रोत हुन ।

राति खान नहुने कुराहरू
मसलायुक्त खानेकुरा, चकलेट, कफी, गोलभेडा, पिज्जा, अमिलो फलफुल आदि ।

(आहार तथा पोषण विशेषज्ञ शाह किर्तिपुर अस्पताल र नेपाल नेशनल अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्