Logo
|
Friday 19th April 2024
Logo

epaper

सेती अञ्चल अस्पतालका बिरामीमा भेटियो कालजार



कैलालीको सेती अञ्चल अस्पतालमा आएका एक बिरामीमा कालाजार देखापरेको छ । कञ्चनुपर शुक्लाफाँटा नगरपालिका—१ गणेशपुरका पदम चौधरीलाई जाँचको क्रममा कालाजार भएको पृष्टि भएको हो ।

पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताउनुभयो । निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको ,उहाँले बताउनुभयो । पदमलाई भने एक साताएता देखि सेती अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् । त्यसैले झुलको प्रयोग गर्नु आवश्यक मानिन्छ ।

लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्