Logo
|
Saturday 20th April 2024
Logo

epaper

आर्थिक अभावः लक्ष्मी उपचारबाट बञ्चित



बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् ।

गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उहाँ गम्भीर घाइते हुनुभएको हो । उहाँको निधारदेखि मुनि कम्मरसम्मको सम्पूर्ण भाग जलेको छ । लक्ष्मीको ६ महिनाको छोरा छन् । मट्टितेल पोखिएर ओछ्याएको तन्ना र झूल शरीरमा टाँसिएपछि लक्ष्मी जलेर घाइते भएको बताएको छ । अस्पतालले उहाँको उपचारमा २५ लाख रुपैयाँ लाग्छ भनेपछि पैसा नभएर श्रीमान्ले लक्ष्मीलाई घरमा नै लगेर केराको पातमा सुताएका थिए ।

शुरुमा बिर्तामोडका अधिकांश हस्पिटलले उपचार सम्भव छैन भने पनि कञ्चनजंघा हस्पिटलमा डा सिपी यादवको टोलीले उनको उपचार गरिरहेको छ । बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले उद्धार गरी उनलाई अस्पताल पु¥याउनु भएको थियो । “म एक्लैले केही गर्न सक्दिन त्यसैले सबैको सहयोग जरुरी छ”, उहाँ भन्नुहुन्छ, “उहाँकोे जीवन बचाउन पत्रकारले कलम चलाइदिनुप¥यो, अरू सबैले सकेको सहयोग दिनुप¥यो ।”

उहाँको उपचारका लागि केही सहयोगी हातहरु अघि बढे पनि समान्य खर्चमा उपचार हुन नसक्ने अस्पतालले बताएपछि पीडितको उपचार खर्च जुटाइदिन र श्रीमतीको ज्यान बचाइदिन सहयोगका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्