Logo
|
Friday 26th April 2024
Logo

epaper

अज्ञात रोगको प्रकोपः काठमाडौंबाट विशेषज्ञ टोली घटनास्थलतर्फ



रुकुम जिल्लाको आठविसकोट नगरपालिको ३ नम्बर दुर्गम गाउँ खदीमा अज्ञात रोग फैलिएको सूचना पाएपछि सरकारले काठमाडौंबाट विशेषज्ञ चिकित्सकसहितको टोली आज त्यसतर्फ पठाएको छ ।

अज्ञात रोगले २ सय भन्दा बढी बिरामी भएका कारण विशेषज्ञ चिकित्सकसहितको टोली आज त्यसतर्फ पाठईएको हो । उनीहरुमा एक सातादेखि टाउको, पेट, हातगोडा दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको छ । बिरामीको अवस्था चिन्ताजनक देखिएको छ । हालसम्म रोग लाग्नुको कारण पनि पत्ता लागेकोे छैन ।

विरामीहरुको संख्या बढ्दै गएर महामारी फैलिने जोखिम बढेपछि गृहमन्त्री जनार्दन शर्माको पहलमा हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीहरुलाई रोग प्रभावित क्षेत्रमा पठाइएको हो । स्वास्थ्यकर्मीहरुसँगै गृहमन्त्री शर्माका स्वकीय सचिव गोपाल शर्मा पनि रुकुमको खदी जानु भएको छ। रुकुम गृहमन्त्री शर्माको गृहजिल्ला हो ।

आठबिसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीका अनुसार आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्