Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन



त्रिभुवन विश्व विद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिएको छ । यो कलेज काठमाडौंको घट्टेकुलोमा रहेको छ । साउन १२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले सो निर्णय गरेको थियो ।


एक महिनाअघि मात्र सर्बोच्च अदालतले उल्लेखित कलेजलाई सम्बन्धन दिनु भन्ने आफ्नो निर्णय कार्यान्वयन भएनभएको र यदि नभएमा तत्काल कार्यन्वयन गरी जवाफ दिन त्रिभुवन विश्वविद्यालय र सरकारको नाममा परमादेश जारी गरेको थियो ।
सोही आदेश अनुसार त्रिबिले सम्बन्धन दिने निर्णय गरेको जनाइएको छ । कलेजले गत शुक्रबार सम्बन्धको पत्र पाएको छ । यसमा २०७४—७५ वाट एमबीबीएस कार्यक्रम शुरु गर्न आदेश दिइएको कलेजका सञ्चालकहरुले जानकारी गराएका छन् ।
नेपाल मेडिकल काउन्सिलले सिट निर्धारण गरेपछि शैक्षिक कार्यक्रम अघि बढाइने कलेजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्