Logo
|
Saturday 24th July 2021
E-paper Magazine

झाडापखालाबाट एकको मृत्यु, तीन दर्जन प्रभावित



जनस्वास्थ्य सरोकार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ । प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन् । नगरपालिका– ७ सत्भराका चैतराम रैदासका आठवर्षीय छोरा तारेखको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्