Logo
|
Thursday 28th March 2024
Logo

epaper

बाढीपीडित बिरामी



रौतहटको दक्षिणी क्षेत्रका बाढीपीडित बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । राति परेको शीत र डुबानमा परेको चापाकलको दूषित पानी पिउनाले बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाको फतुवा विजयपुर नगरपालिकाका रामएकवाल रामको परिवारका सबै सदस्य बिरामी छन् । उनीहरू डुबानमा परेका चापाकलको दूषित पानी पिउन बाध्य छन् । बाढीले घर भत्कायो, सातासम्म परिवारले त्रिपाल अभावमा खुला आकासमै रात बिताए । अहिले परिवारका सबैलाई टाउको दुख्ने, रुघाखोकी, ज्वरोको समस्या छ । —कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्