Logo
|
Saturday 24th July 2021
E-paper Magazine

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित



व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ सर्वसम्मतिले पारित भएको छ ।

‘स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव गर्दै संविधानको मर्मअनुसार जनतालाई सहज स्वास्थ्य सेवा दिने सन्दर्भमा यो विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।
बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले स्वास्थ्य बीमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७४ लाई पनि सदनसमक्ष प्रस्तुत गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्