Logo
|
Thursday 28th March 2024
Logo

epaper

मधुमेहबाट दृष्ट्रिविहीन भएकालाई एक लाख रुपियाँ



मधुमेह रोगबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका पोखरा–लेखनाथ महानगरपालिका–१४ मझेरीपाटन निवासी दृष्टिविहीन केशव सुवेदीलाई आज रु एक लाख सहयोग गरिएको छ ।

रोजगारीको सिलसिलामा बेल्जियमको वुर्के शहरमा बस्दै आउनुभएका दुर्गा सुवेदीको पहलमा त्यहाँ रहेका नेपालीबाट संकलित उक्त रकम प्रथम विश्व कास्की सम्मेलनका लागि पोखरा आएका पूर्णप्रसाद तिमिल्सिना र चित्र सुवेदी अस्पतालमै पुगेर बिरामी सुवेदीलाई हस्तान्तरण गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्