Logo
|
Wednesday 17th April 2024
Logo

epaper

चारवटा स्वास्थ्य संस्था पुरस्कृत



हेरचाहका लागि उत्प्रेरणा परियोजना लागू भएका इलाम जिल्लाका २७ वटा  गाविसका चारवटा स्वास्थ्य संस्था पुरस्कृत भएका छन् ।

करूणा फाउण्डेशनको सहयोगमा सञ्चालित परियोजनामार्फत सन् २०१६ मा अपांगता तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको जनाउँदै संस्थाले आमचोक, चमैता, इरौंटार र जमुना गाविसस्थित स्वास्थ्य चौकीलाई पुरस्कृत गरेको हो ।

फाउण्डेशनले सदरमुकाममा आयोजना गरेको सन् २०१६ को वार्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा प्रत्येक स्वास्थ्य चौकीलाई नगद रु २० हजार र सम्मानपत्रले पुरस्कृत गरेको हो ।

करूणा फाउण्डेशनका कार्यक्रम निर्देशक योगेन्द्र गिरी तथा जिल्ला व्यवस्थापक अजित योञ्जनले स्वास्थ्य चौकी प्रमुखलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।

। सोही अवसरमा करूणा फाउण्डेशनले कार्यक्रम सञ्चालन भएका साविकका स्वास्थ्य चौकीलाई एक÷एक थान प्रिन्टर समेत निःशुल्क वितरण गरेको फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

परियोजनाबाट अपांगता भएका व्यक्तिले परिचयपत्र पाएको, स्वास्थ्य उपचार सेवा पाएको, सहायक सामग्री पाएको, स्वास्थ्य संस्थामा उपकरण तथा फर्निचरको व्यवस्था गरिएको, अपांगता भएका व्यक्तिलाई सहयोग, बाल संरक्षणमा विभिन्न क्रियाकलाप सञ्चालन, अपांगतामैत्री विद्यालय निर्माण, मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउने खालका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्