स्वास्थ्यमन्त्री दीपक बोहोरा
स्वास्थ्य मन्त्रालयको जिम्मेबारी दीपक बोहोराले पाएका छन् ।
यसअघि विज्ञान तथा प्रविधि मन्त्री बनेका बोहोरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेबारी परिवर्तन गर्दै स्वास्थ्यमा ल्याएका हुन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई विना विभागीय मन्त्री बनाएका छन् ।
माओवादी र एमालेबीच चुनावी तालमेल भएपछि विग्रिएको पार्टीहरुबीचको गठबन्धन आजको दिनमा आइपुग्दा मन्त्रीहरुको जिम्मेबारी हेरफेरसम्म पुगेको छ ।