Logo
|
Thursday 28th March 2024
Logo

epaper

सिंहदरबार वैद्यखाना विकास समिति:तीन करोड बढीको औषधि बिक्री



सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा रु तीन करोड ४३ लाख १४ हजार १४९ मूल्य बराबरको औषधि बिक्री गरेको छ ।

समितिको तेइसौँ वार्षिकोत्सव एवम् राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिले सो जानकारी दिइएको हो ।

रु पाँच करोडको बिक्री लक्ष्य राखिएको भएपनि समितिले औषधिको उचित बजार व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत बिmक्री गर्न नसकेको जनाएको छ ।

समितिका प्रबन्ध निर्देशक डा राजेन्द्रकुमार गिरीले आयुर्वेद औषधिको गुणस्तर र कच्चा जडिबुटीको गुणस्तर परीक्षणको कार्यविधि नभएकाले समस्या परेको उल्लेख गर्दै गुण्स्तरीय औषधिका लागि जडिबुटीको व्यवसायिक खेती आवश्यक भएको बताउनुभयो ।

औषधि आपूर्ति, उत्पादन व्यवस्थापन, मानव संशाधन व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्दै आगामी चालु आवमा रु पाँच करोडको औषधि बिक्री गर्ने लक्ष्य समितिले लिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्